इन्डोनेसियामा एक फुटबल खेलमा हिंसा भड्किएपछि भएको भागदौडमा परी मृत्यु हुनेको संख्या १ सय २९ पुगेको छ ।
घटनामा अन्य १८० भन्दा धेरै व्यक्ति घाइते भएको समाचार संस्था रोयटर्सले जनाएको छ । गएराति पूर्वी जाभाको मलङ रिजेन्सीस्थित कान्जुरुहान स्टेडियममा इन्डोनेसियाको बीआरआई लिग १ को फुटबल खेलको क्रममा उक्त घटना भएको हो ।
पूर्वी इन्डोनेसियाको जाभा प्रान्तका प्रहरी प्रमुख निको अफिन्टाले अरेमा एफसी र पर्सेबाया सुराबायाबीचको खेलपछि हारेको पक्षका समर्थकहरूले मैदानमै पसेर आक्रमण गरेको बताएका छन्। हिँसा भड्किएपछि प्रहरीले गोली र अश्रुग्यास प्रहार गरेको थियो । मैदानमै भएको हिँसामा कम्तिमा १ सय २९ जनाको ज्यान गएको र १ सय ८० जना घाइते भएका लिगले एक साताका लागि खेलहरू स्थगित गरेको छ । समर्थकहरूले गरेको कार्यप्रति फुटबल संघले खेद व्यक्त गर्दै पीडित परिवार र सबै पक्षहरूसँग क्षमा मागेको छ ।
प्रतिक्रिया