उत्तर कोरियाद्वारा जापानी आकाशमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाद्वारा जापानी आकाशमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

केन्द्रबिन्दु
0
Shares

उत्तर कोरियाले आज बिहान जापानी आकाशमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ ।

क्षेप्यास्त्र प्रहारसँगै जापानी सरकारले होक्काइदो द्वीपका बासिन्दालाई घरबाहिर ननिस्कन निर्देशन दिएको छ ।उक्त अवधिभर रेल सेवा अस्थायी रुपमा रोकिएको थियो । सन् २०१७ पछि उत्तर कोरियाले पहिलोपटक जापानी आकाशमाथि क्षेप्यास्त्र प्रहार गरेको हो । उत्तर कोरियाले प्रहार गरेको सो क्षेप्यास्त्र मध्यम दूरीको भएको बताइएको छ ।

संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि ब्यालेस्टिक र परमाणु हतियारको परीक्षण गर्न प्रतिबन्ध लगाए पनि उत्तर कोरियाले भने पटक–पटक यस्ता क्षेप्यास्त्र परीक्षण गर्दै आएको छ । यस्तो अलर्ट दुर्लभ रुपमा जारी गर्ने गरिएको छ। अधिकारीहरुले उत्तर कोरियाले प्रहार गरेको क्षेप्यास्त्र जापानभन्दा करिब ३ हजार किलोमिटर पर प्रशान्त महासागरमा खसेको जनाएका छन् ।

जापानी प्रधानमन्त्री फुमिओ किशिदाले उत्तर कोरियाली कार्यको कडा शब्द भर्त्सना गर्नुभएको छ । उहाँले त्यस कार्यलाई ’हिंस्रक’ कार्यको संज्ञा दिएका छन् । सो घटनापछि जापानले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएको छ । उत्तर कोरियाले जापान र अमेरिकाको ध्यानाकर्षण गर्नका लागि क्षेप्यास्त्र प्रहार गरेको बताइएको छ । दुवै देशले उत्तर कोरियाका नेता किम जोङ उनलाई कुनै महत्त्व नदिएपछि जापानी आकाशमा क्षेप्यास्त्र प्रहार गरेको हुन सक्ने जापानी अधिकारीहरूले बताएका छन् ।

Logo