भारतको उत्तराखण्डमा हिम पहिरो : २ जनाको मृत्यु, २८ जना बेपत्ता

भारतको उत्तराखण्डमा हिम पहिरो : २ जनाको मृत्यु, २८ जना बेपत्ता

केन्द्रबिन्दु
0
Shares

भारतको उत्तराखण्डमा हिम पहिरो जाँदा २ जनाको मृत्यु भएको छ ।

उत्तराखण्डको उत्तरकाशी जिल्लामा रहेको ‘द्रोपदीको डाँडा–२’मा हिम पहिरो जाँदा अन्य २८ जना वेपत्ता भएका छन् । हिम पहिरोमा परेर भारतको नेहरु पर्वतारोहण संस्थानका दुई प्रशिक्षकको मृत्यु भएको हो । २८ जना हिम पहिरोमा हराइरहेका छन् । पाँच हजार मिटर अग्लो यो हिमालमा आरोहीहरु प्रशिक्षणका लागि जाने गर्छन् । हराइरहेका २८ जना पनि प्रशिक्षार्थी रहेको जनाइएको छ ।
 

Logo