उत्तराखंड हिमपहिरो अपडेट : १० जनाको मृत्यु, २० बढी वेपत्ता

उत्तराखंड हिमपहिरो अपडेट : १० जनाको मृत्यु, २० बढी वेपत्ता

केन्द्रबिन्दु
0
Shares

भारतको उत्तराखण्डमा हिमपहिरोमा परी १० जनाको मृत्यु भएको छ । 

उत्तराखंड राज्यको उत्तरकाशी जिल्लास्थित द्रौपदीको डाँडा–२ पहाडमा हिमपहिरोमा परी १० जनाको मृत्यु भएको छ भने २० भन्दा बढी पर्वतारोहण प्रशिक्षार्थी पहिरोमा परी फसेका छन् । नेहरू पर्वतारोहण संस्थानका प्रिन्सिपल अमित बिष्टले घटनामा अहिलेसम्म १० जनाको मृत्यु भएको समाचार एजेन्सी पीटीआईलाई जानकारी दिए । उनका अनुसार आठ जनाको उद्धार गरिएको छ । उनले जिल्ला प्रशासन, राष्ट्रिय प्रकोप प्रतिक्रिया बल (एनडीआरएफ), राज्य विपद् प्रतिक्रिया बल (एसडीआरएफ), भारतीय सेना र इन्डो–तिब्बत सीमा प्रहरी (आईटीबीपी)ले राहत र उद्धार कार्य जारी राखेका छन् । 

यसअघि उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले नेहरू पर्वतारोहण संस्थानका २८ जना प्रशिक्षार्थी हिमपहिरोमा फसेको जानकारी पाएको ट्वीट मार्फत जानकारी दिएका थिए । रक्षा मन्त्री राजनाथ सिंहले “पहिरोका कारण भएको बहुमूल्य जीवनको क्षतिप्रति दुख ब्यक्त गरेका छन् । 
 

Logo