यस वर्षको नोबेल शान्ति पुरस्कार बेलारुसी मानवाधिकारकर्मी र रुस तथा युक्रेनी संस्थालाई प्रदान गरिने

यस वर्षको नोबेल शान्ति पुरस्कार बेलारुसी मानवाधिकारकर्मी र रुस तथा युक्रेनी संस्थालाई प्रदान गरिने

केन्द्रबिन्दु
0
Shares

यस वर्षको नोबेल शान्ति पुरस्कार बेलारुसका मानवाधिकारकर्मी एलेस बिअलिआत्स्की र युक्रेन तथा रुसको दुईवटा मानवअधिकारवादी संस्थालाई प्रदान गरिने भएको छ । 

रुस र युक्रेनको मानवाधिकार संस्था मेमोरियल तथा सेन्टर फर सिभिल लिबर्टीलाई प्रदान गर्ने घोषणा गरिएको छ । नोबेल कमिटीले यो वर्षको शान्ति पुरस्कार नागरिक समाजलाई प्रतिनिधिहरूलाई प्रदान गरिएको जनाएको छ । उनीहरूले शान्ति तथा प्रजातन्त्रका लागि नागरिक समाजको महत्त्वलाई प्रदर्शित गरेको कमिटीले जनाएको छ । मानवाधिकार तथा प्रजातन्त्रलाई विकसित गर्न युक्रेनी मानवअधिकार संस्था सेन्टर फर सिभिल लिबर्टी स्थापना गरिएको हो । 

यसै वर्षको फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण गरेपछि रुसबाट भएका मानवाधिकार उल्लंघनका घटनाहरूको दस्तावेजीकरण गर्दै आएको छ । सन् १९८७ मा स्थापना भएको मेमोरियलले तत्कालीन सोभियत संघ कालमा कम्युनिस्ट शासनको दमनमा परेकाहरूलाई बिर्सन नदिने भूमिका खेलेकाले उक्त संस्थालाई यो पुरस्कार दिइएको जनाइएको छ ।
 

Logo