युक्रेनविरुद्ध परमाणु हतियार प्रयोग गर्दैनौं : पुटिन

युक्रेनविरुद्ध परमाणु हतियार प्रयोग गर्दैनौं : पुटिन

केन्द्रबिन्दु
0
Shares

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विश्वमा परमाणु युद्धको खतरा बढेको बताएका छन्।  युक्रेनमाथि आक्रमण सुरु गरेको झण्डै एक वर्ष पुग्न लाग्दा राष्ट्रपति पुटिनले विश्व परमाणु आक्रमणतर्फ उन्मुख भएको जिकिर गरेका छन्।  

उनले युक्रेनमाथि परमाणु आक्रमण भने नगर्ने जिकिर गरेका छन्। रुसी मानवअधिकार परिषदको वार्षिक बैकठमा पुटिनले युक्रेनविरुद्धको आक्रमण तत्काल सकिने सम्भावना नभएको समेत बताए। उनले भने, ‘परमाणु आक्रमणको सम्भावना बढ्दै गएको छ, यसलाई ढाकछोप गर्न गाह्रो छ, तर हामी पागल छैनौँ।’ पुटिनले आफ्नो देशमाथि हुने आक्रमणको जवाफ भने परमाणु हतियारबाट दिने उद्घोष गरे। पश्चिमा देशहरुले रुसले युक्रेनमाथि परमाणु आक्रमण गर्न सक्ने आशंका गरिरहेका बेला पुटिनको यस्तो भनाइ आएको हो। 

पुटिनले टर्की र कयौँ युरोपेली देशमा परमाणु हतियार परिचालन गरेको समेत आरोप लगाए।

Logo