फ्रान्सका राष्ट्रपति म्याक्रोँले अप्रिलमा चीन भ्रमण गर्ने

फ्रान्सका राष्ट्रपति म्याक्रोँले अप्रिलमा चीन भ्रमण गर्ने

केन्द्रबिन्दु
0
Shares

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले आगामी अप्रिलको सुरुमा चीन भ्रमण गर्ने र युक्रेनमा जारी युद्ध अन्त्यका लागि रूसलाई दबाब दिन बेइजिङलाई आग्रह गर्ने भएका छन् । 

युक्रेनमा युद्ध अन्त्य गर्ने आफ्नो योजना सार्वजनिक गर्दै चीनले तत्काल शान्ति वार्ताको आह्वान गरेको एक दिनपछि पेरिसमा बोल्दै म्याक्रोँले भने, “रुसी आक्रमण रोकियो, सेना फिर्ता भयो र युक्रेन र त्यहाँका जनताको क्षेत्रीय सार्वभौमिकताको सम्मान गरियो भने मात्र शान्ति सम्भव छ ।” “चीन शान्ति प्रयासमा संलग्न हुनु राम्रो कुरा हो,” राष्ट्रपति म्याक्रोँले भने । ‘रूसलाई कुनै पनि हतियार आपूर्ति नगर्न’ उनले बेइजिङसँग आग्रह गरे । 

रुसले रासायनिक वा आणविक हतियारको प्रयोग गर्नसक्ने आशङ्का व्यक्त गर्दै वार्ताअघि नै यो आक्रमण रोक्न दबाब दिन पनि बेइजिङको सहयोग रहनेमा उनले विश्वास व्यक्त गरे ।

Logo