भ्लादिमिर पुटिनको हत्या प्रयास, रुसद्वारा विश्वयुद्धको चेतावनी

भ्लादिमिर पुटिनको हत्या प्रयास, रुसद्वारा विश्वयुद्धको चेतावनी

केन्द्रबिन्दु
0
Shares

 युक्रेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सरकारी निवासमा ड्रोन हमला गरेको छ। 

राष्ट्रपति पुटिनको सरकारी निवासमा गरेको ड्रोन हमलापछि राष्ट्रपति भवनमाथिबाट धुवाँको मुस्लो उडेको भिडियो फुटेजहरु सार्बजनिक भएका छन्। रुसी राष्ट्रपति पुटिनका हत्या गर्ने उद्देश्यले युक्रेनले ड्रोन हमलाको प्रयास गरेको रुसको आरोप छ। रुसी सरकारी समाचार एजेन्सी आरआईएले यो आक्रमणलाई ‘योजनाबद्ध आतंकवादीकार्य’ भएको बताएको छ। 

कथित आक्रमणमा दुई ओटा ड्रोन प्रयोग गरिएको भए पनि रूसी प्रतिरक्षा प्रणालीले उक्त ड्रोन ध्वस्त बनाएको जनाएको छ। रुसले विजय दिवस मनाउन लागेको पूर्वसन्ध्यामा युक्रेनले राष्ट्रपतिको हत्या गर्ने प्रयास गरेको बताएको हो। आक्रमणपछि आक्रोसित रुसले यस आक्रमणलाई अतिवादी आक्रमणको संज्ञा दिँदै घटनाको जवाफ दिने चेतावनी दिएको छ। युक्रेनले ड्रोन आक्रमणमा आफ्नो संलग्नता नरहेको दाबी गरेको छ। 

Logo