चीन बन्यो सबैभन्दा ठुलो कार निर्यात गर्ने देश

चीन बन्यो सबैभन्दा ठुलो कार निर्यात गर्ने देश

केन्द्रबिन्दु
0
Shares

चीनले आफू विश्वको सबैभन्दा ठुलो कार निर्यात गर्ने देश भएको बताएको छ । यस वर्षको पहिलो तीन महिनामा चीनले कार निर्यातमा जापानलाई उछिनेको हाे ।

यसअघि जापान विश्वको सबैभन्दा ठुलो कार निर्यात गर्ने देश थियो । गत हप्ता सार्वजनिक भएको तथ्याङ्क अनुसार चीनले यस वर्षको पहिलो तीन महिनामा १०.०७ लाख कार निर्यात गरेको छ । जापानले यस वर्षको पहिलो तीन महिनामा ९ लाख ५४ हजार १८५ कार निर्यात गरेको छ । यो सन् २०२२ को पहिलो तीन महिनामा भएको निर्यातको तुलनामा ६ प्रतिशत बढी हो । रसियामा विद्युतीय कारको माग र कारको बिक्रीमा भएको वृद्धिका कारण चीनको निर्यात बढेको हो ।

गत वर्ष चीनले जर्मनीलाई उछिन्दै विश्वको दोस्रो ठुलो कार निर्यात गर्ने देश बनेको थियो । भन्सारको सामान्य प्रशासनका अनुसार सन् २०२२ मा चीनले ३२ लाख गाडी निर्यात गरेको थियो ।

जबकि जर्मनीले २६ लाख गाडी निर्यात गरेको थियो । वास्तवमा, चीनको कार बजारले विश्वव्यापी रूपमा विद्युतीय कारहरूको बढ्दो मागको फाइदा पाइरहेको छ । टेस्लाको चिनियाँ युनिट एसएआईसी चीनको सबैभन्दा ठुलो न्यु एनर्जी ह्विकल गाडीको निर्यातक हो । टेस्लाको संघाइमा निकै ठुलो इलेक्ट्रिक कार प्लान्ट छ । यहाँबाट जापान र युरोपेली बजारमा कार निर्यात गरिन्छ ।

Logo