भारतीय प्रधानमन्त्री मोदी इजिप्टको ‘अर्डर अफ द नाइल’ले सम्मानित

भारतीय प्रधानमन्त्री मोदी इजिप्टको ‘अर्डर अफ द नाइल’ले सम्मानित

केन्द्रबिन्दु
0
Shares

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई इजिप्टले आफ्नो सर्वोच्च सम्मान ‘अर्डर अफ द नाइल’ले सम्मान गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीलाई इजिप्टका राष्ट्रपति अब्दुल फतेह अल-सिसीले यो सम्मान प्रदान गरेका हुन् । यो इजिप्टको सर्वोच्च नागरिक सम्मान हो।

सन् १९१५ मा सुरु भएको यो सम्मान इजिप्ट वा मानवताको लागि उल्लेखनीय सेवा गर्ने राष्ट्र प्रमुख, राजकुमार र उपराष्ट्रपतिहरूलाई दिइन्छ। पीएम मोदीले ट्वीटरमा लेखेका छन्, ‘म धेरै विनम्रताका साथ 'अर्डर अफ द नाइल' स्वीकार गर्दछु। म इजिप्टको सरकार र जनतालाई यो सम्मानका लागि धन्यवाद दिन्छु। यो भारत र हाम्रो देशका जनताप्रति उनीहरूको न्यानोपन हो। यसले स्नेह देखाउँछ।’ प्रधानमन्त्री मोदीले अरबी र अंग्रेजी दुवै भाषामा ट्वीट गरेका छन् । 

Logo