इमरान खानले ५ वर्षसम्म चुनाव लड्न नपाउने

इमरान खानले ५ वर्षसम्म चुनाव लड्न नपाउने

केन्द्रबिन्दु
0
Shares

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान आगामी पाँच वर्षसम्म चुनाव लड्न नपाउने भएका छन् ।

पाकिस्तानको निर्वाचन आयोगले मंगलबार सूचना जारी गरी खानलाई पाँच वर्षसम्म चुनाव लड्न नपाउने गरी प्रतिबन्ध लगाइएको जानकारी दिएको हो । इमरान खानमाथि प्रधानमन्त्री पदमा रहँदा प्राप्त महँगा उपहारहरु बेचेर सरकारी कोषमा जम्मा नगरेको आरोपमा अदालतले ५ अगस्टमा तीन वर्षको जेल सजायँ तोकेको छ । उनी हाल जेलमा छन् ।

पाकिस्तान तहरीक ए इन्साफ (पीटीआई) पार्टीका नेता इमरान खान सन् २०१८ को मेमा प्रधानमन्त्री बनेका थिए । उनी विरुद्ध संसदले अविश्वास प्रस्ताव पारित गरेपछि १० अप्रिल २०२२ मा प्रधानमन्त्री पदबाट मुक्त भएका थिए । हाल पाकिस्तानको प्रधानमन्त्रीमा शहबाज शरिफ छन् । शहबाज सत्तामा आएपछि इमरान खानविरुद्ध १०० भन्दा बढी आरोपमा मुद्दा दायर भएको छ । तर खानले आफूमाथि लागेका आरोपहरुको खण्डन गर्दै ती सबै राजनीति प्रेरित भएको बताउँदै आएका छन् ।

Logo