आइएमएफद्वारा घानाको आर्थिक पुनरुत्थानका लागि ६० करोड अमेरिकी डलर स्वीकृत

आइएमएफद्वारा घानाको आर्थिक पुनरुत्थानका लागि ६० करोड अमेरिकी डलर स्वीकृत

केन्द्रबिन्दु
0
Shares

आक्रा ।

घानाले आर्थिक पुनरुत्थानका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) बाट ६० करोड अमेरिकी डलरको कोष स्वीकृति प्राप्त गरेको छ ।

आइएमएफको निर्णय घानाले आफ्नो आधिकारिक ऋणदाताहरूसँग एक हप्ता अघि आफ्नो बाह्य ऋणको पुनः संरचना गर्नका लागि सम्झौता गरेपछि यो निर्णय बाहिर आएको हो । “कार्यक्रम अन्तर्गत घानाको प्रदर्शन बलियो छ। पहिलो समीक्षाका लागि सबै मात्रात्मक कार्यसम्पादन मापदण्डहरू र प्रायः सबै सूचकहरू र संरचनात्मक ट्र्याकमा छन्,” आइएमएफले विज्ञप्ति जारी गर्दै जनाएको छ ।

“६ सय मिलियन डलरले हामीलाई कार्यक्रमको आवश्यकताहरू अनुरूप बजेट कार्यान्वयनलाई समर्थन गर्न थप वित्तीय सहजता दिलाउँछ । हामी सन् २०२६ सम्ममा हाम्रो क्रेडिट योग्यता सुधार गर्न खर्च नियन्त्रण र राजस्व उत्पादन सुधार गर्न जारी राख्नेछौं,” घानाका अर्थमन्त्री केन ओफोरी-अटाहले भनेका छन् ।

घाना, कुनै समय अफ्रिकाको सबैभन्दा द्रुत बृद्धि हुने अर्थतन्त्रहरू मध्ये एक थियो । तर पछिल्लो समय बढ्दो मुद्रास्फीति, विनिमय दरको उतारचढाव, र जीवनयापनको बढ्दो लागतले गर्दा गम्भीर आर्थिक सङ्कटग्रस्त बनेको छ। घानाको सरकारले गत मे महिनामा आइएमएफबाट ३ अर्ब डलर ऋणको स्वीकृति प्राप्त गरेको थियो । अर्थतन्त्रलाई सुधारतर्फ डोर्याउन यो कदम महत्त्वपूर्ण मानिएको थियो ।

Logo