युक्रेनी सैनिकहरूलाई मुसाको चुनौती

युक्रेनी सैनिकहरूलाई मुसाको चुनौती

केन्द्रबिन्दु
0
Shares

काठमाडाैँ- रूसविरुद्ध युद्ध गर्दै आएका युक्रेनका सैनिकहरूलाई मुसाको चुनौती पनि थपिएको छ।

युद्धको अवस्था र प्रतिकूल चिसो मौसममा मुसाले सैनिकमा गम्भीर रोग फैलाउने र सैन्य कारबाहीमा पनि बाधा पुर्याउने गरेको र यो अवस्थाले प्रथम विश्वयुद्धको सम्झना दिलाउने गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

प्रथम विश्वयुद्धको दौरानमा पनि मुसाहरूले सैनिकहरूलाई गम्भीर तनाव दिएका थिए । युक्रेनी सेनामा कार्यरत एक महिला सिपाही किराले मुसाहरू आराम गर्न खोज्ने सैनिकहरूको लुगामा पस्छन् र उनीहरूको औँलाहरू टोक्ने गरेको बताइन्।

युक्रेनी र रूसी सैनिकहरूद्वारा इन्टरनेट मिडियामा सार्वजनिक गरिएको भिडियोहरूले मुसाहरू ओछ्यानमुनि, ब्याकप्याक, विद्युतीय जेनेरेटर, कोटको खल्ती र तकियामा भेटिएको देखिएको छ

Logo