२ महिना युद्ध रोक्न इजरायलको प्रस्ताव

२ महिना युद्ध रोक्न इजरायलको प्रस्ताव

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । इजरायल र हमासबीच जारी युद्ध रोक्नको लागि इजरायलले पहल गरेको थालेको जनाइएको छ। इजरायलले हमासलाई एक प्रस्ताव पठाउँदै दुई महिना युद्ध रोक्न भनिएको छ।

मध्यस्थको भूमिका खेल्ने इजिप्ट र कतारमार्फत यो प्रस्ताव पठाइएको इजरायलको रक्षा विभागसँग सम्बद्ध अधिकारीले जानकारी दिएका छन्। यो प्रस्तावमा गाजामा रहेका सबै बन्धकहरूलाई रिहा गर्न माग गरिएको छ। गाजामा बन्धक बनाएका धेरै इजरायलीहरूको परिवारले सरकारलाई दबाब दिइरहेका छन्।

सोमबार संसदीय समितिको बैठकका क्रममा बन्धकका आफन्त संसदमा प्रवेश गरेका थिए। उनीहरुले प्यालेस्टाइनमा बन्धक मारिएको अवस्थामा यहाँ बैठक बस्न नमिल्ने बताएका थिए।

यस्तै आइतबार राति मानिसहरूले आफ्ना परिवारका सदस्यहरूलाई रिहा गर्न माग गर्दै इजरायली सरकारविरुद्ध प्रदर्शन गरेका थिए। ७ अक्टोबरदेखि जारी युद्धमा अहिलेसम्म २६ हजारभन्दा बढीको ज्यान गइसकेको छ। जसमा महिला र बालबालिका बढी रहेका छन्।

Logo