टर्कीलाई एफ-१६ लडाकु विमान बेच्न अमेरिकाको स्वीकृति

टर्कीलाई एफ-१६ लडाकु विमान बेच्न अमेरिकाको स्वीकृति

केन्द्रबिन्दु
0
Shares

वासिंगटन डिसी। संयुक्त राज्य अमेरिकाले टर्कीलाई एफ–१६ लडाकु विमान बेच्ने भएको छ। टर्की संसदले यसै हप्ता स्वीडेनको नेटो सदस्यतालाई अनुमोदन गरे पछि अमेरिकाले सैन्य विमान बेच्ने निर्णय लिएको हो।

अमेरिकी विदेश मन्त्रालयका अनुसार नाटोको सहयोगी टर्कीलाई युद्ध विमान बेच्नको लागि ८.६ बिलियन अमेरिकी डलरको सम्झौताको बारेमा काँग्रेसलाई सूचित गरिएको छ।, साथै पश्चिमी सैन्य ब्लकमा एक सहयोगीग्रीसलाई उन्नत एफ–३ ५लडाकु विमानहरू पनि बेच्ने पनि निर्णय लिएको छ।

टर्कीलाई बिक्रीमा ४० वटा लकहिड मार्टिन एफ १६ र यसको अवस्थित एफ १६ फ्लीटमध्ये ७९ वटालाई आधुनिकीकरण गर्ने उपकरणहरू समावेश रहेका छन्। ग्रीसले ४० एफ ३५ लाइटनिंग संयुक्त स्ट्राइक फाइटर र सम्बन्धित उपकरणहरू पाउनेछ।

टर्कीले लामो समयदेखि आफ्नो एफ १६ फ्लीट अपग्रेड गर्न खोजेको थियो भने अक्टोबर २०२२ मा जेटहरूका लागि अमेरिकासँग अनुरोध गरेको थियो। तर, स्वीडेनको नाटो सदस्यतालाई अनुमोदन गर्न ढिलाइ गरे पछि अमेरिकन काँग्रेसको स्वीकृति लिन समय लागेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

Logo