बेलायती राजा चार्ल्स तृतीयलाई क्यान्सर, विश्वका नेताहरूले गरे स्वास्थ्यलाभको कामना

बेलायती राजा चार्ल्स तृतीयलाई क्यान्सर, विश्वका नेताहरूले गरे स्वास्थ्यलाभको कामना

केन्द्रबिन्दु
126
Shares

लन्डन। बेलायतका राजा चार्ल्स तृतीयलाई क्यान्सर भएको पत्ता लागेपछि धेरै देशका नेताहरूले उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

लण्डनस्थित बेलायती शाही परिवारको आधिकारिक निवास बकिङ्घम प्यालेसले एक विज्ञप्ति जारी गर्दै प्रोस्टेट ग्रन्थीको हालैको परीक्षणमा चार्ल्सलाई क्यान्सर भएको पाइएको जनाएको थियो।

७५ वर्षीय चार्ल्सलाई कस्तो प्रकारको क्यान्सर भएको बताएपछि उनको उपचार सुरु भएको र उनी पूर्ण रूपमा खतरामुक्तरहेको बताइएको छ। चार्ल्सको स्वास्थ्यको खबर आएलगत्तै बेलायती प्रधानमन्त्री ऋषि सुनकले उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। सुनकले एक्समा भने,‘मलाई कुनै शङ्का छैन कि उहाँ कुनै समयमै पूर्ण शक्तिमा फर्कनु हुनेछ र मलाई थाहा छ सम्पूर्ण देश उहाँको स्वास्थ्यलाभको लागि प्रार्थना गरिरहेको छ।’

बेलायतका राजाले नियमित उपचार सुरु गरेका छन् र सार्वजनिक कार्यक्रम स्थगित गर्न सल्लाह दिइएको छ। पूर्वबेलायती प्रधानमन्त्रीहरू लिज ट्रस, बोरिस जोनसन र सर टोनी ब्लेयरले पनि यस्तै सन्देशहरू पोस्ट गरेका छन्। जोनसनले भनेका छन्, ‘आज सम्पूर्ण देश राजाको साथमा हुनेछ।’

अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि आफू चार्ल्सको बारेमा चिन्तित रहेको जनाउँदै उनीसँग फोनमा कुरा गर्ने बताएका छन्। विश्वका धेरै राष्ट्र र सरकार प्रमुखले बेलायती राजाको स्वास्थ्य अवस्थालाइ लिएर चिन्ता र चासो ब्यक्त गरेका छन्।

Logo