माल्दिभ्सका राष्ट्रपतिले संसद्लाई जानकारी दिँदै भने- ‘मे १० सम्म भारतीय सेनाले देश छाेड्ने छन्’

माल्दिभ्सका राष्ट्रपतिले संसद्लाई जानकारी दिँदै भने- ‘मे १० सम्म भारतीय सेनाले देश छाेड्ने छन्’

केन्द्रबिन्दु
98
Shares

माले। माल्दिभ्सका राष्ट्रपतिले मार्च १० मा भारतीय सेनाको पहिलो टोलीले देश छाेड्ने जानकारी गराएका छन्। राष्ट्रपति चुनाव जितेपछि पहिलो पटक राष्ट्रपतिमोहम्मद मुइज्जुले संसदमा भाषण दिँदै सो जानकारी गराएका हुन्।

उनका अनुसार भारतीय सैनिकले मे १० सम्ममा माल्दिभ्स छोड्ने बताएका छन्। यति मात्र होइन,उनले आफ्नो भारत विरोधी अडान दोहोर्‍याए र देशले आफ्नो सार्वभौमसत्तामा कुनै पनि बाह्य हस्तक्षेप हुन नदिनेसमेत बताएका छन्।

सम्बोधनका क्रममा मुइज्जुले भने कि भारत र माल्दिभ्सले मे १० सम्ममा भारतीय सैनिकहरू आफ्नो देश फर्कने सहमतिसमेत गरेका छन्। उनले मार्च १० सम्ममा ३ उड्डयन प्लेटफर्ममध्ये १ छाड्ने छन् भने उनी बाँकी २ प्लेटफर्मबाट मे १० सम्म भारतीय सैनिक फिर्ता हुनेछन्।

Logo