महँगी र संकटकाबीच पाकिस्तानमा आमचुनाव, दौडमा पाँच हजार उम्मेदवार

महँगी र संकटकाबीच पाकिस्तानमा आमचुनाव, दौडमा पाँच हजार उम्मेदवार

केन्द्रबिन्दु
56
Shares

पाकिस्तान। पाकिस्तानमा फेब्रुवरी ८ अर्थात् बिहीबार आमचुनाव हुँदैछ। महँगीले आकाश छोएर आर्थिक संकट झेलिरहेका बेला पाकिस्तानी जनता आगामी पाँच वर्षका लागि आफ्नो राजनीतिक भविष्य तय गर्ने तयारीमा छन्।

पाकिस्तानको निर्वाचन आयोगले निर्वाचनको सबै तयारी पूरा भएको जनाएको छ। पाकिस्तानमा दुई सदनात्मक संसदीय प्रणाली छ। जसमा राष्ट्रिय सभाका अधिकांश सदस्यहरू जनताद्वारा निर्वाचित हुन्छन्। राष्ट्रिय सभामा कुल ३३६ सिट छन्, जसमध्ये २६६ सिटका लागि जनताले मतदान गर्नेछन् भने बाँकी ६० सिटमा महिला र १० सिट गैरमुस्लिमका लागि आरक्षित छन्।

पञ्जाब प्रान्तमा सबैभन्दा बढी १४१ सिटमा निर्वाचन हुँदैछ । सिन्धमा ७५, खैबर पख्तुनख्वामा ५५, बलुचिस्तानमा २० र इस्लामाबादमा तीन सिट छन्। यसपटक २६६ सिटका लागि ५ हजार १२१ जनाले उम्मेदवारी दर्ता गरेर प्रतिस्पर्धामा रहेका छन्। जसमध्ये ४ हजार ८०६ पुरुष, ३१२ महिला र दुई जना तेस्रोलिङ्गी उम्मेदवार छन्।

पाकिस्तानमा हाल १२.८५ करोड मतदाता छन्, जुन देशको कुल जनसंख्याको आधाभन्दा बढी हो। ६.९ करोड पुरुष र ५.९ करोड महिला मतदाता छन्। दर्ता भएका मतदाताहरूमध्ये पनि ४४ प्रतिशत ३५ वर्षभन्दा कम उमेरका छन्।

यसपटक पूर्वप्रधानमन्त्री नवाज शरीफको पाकिस्तान मुस्लिम लिग र बिलावल भुट्टो र आसिफ अली जरदारीको नेतृत्वमा रहेको पाकिस्तान पिपुल्स पार्टी छन्। निर्वाचन आयोगले इमरान खानको पाकिस्तान तहरीक एइन्साफ (पीटीआई) को चुनाव चिन्ह रोक्का गरेको छ। यस कारणले, पीटीआई उम्मेदवारहरू स्वतन्त्र रूपमा चुनावी मैदानमा छन्।

यो निर्वाचनमा कुल ९० हजार ५८२ मतदान केन्द्र तोकिएको छ। तीमध्ये १७ हजार ५ सय मतदान केन्द्र संवदेनशील भनिएका छन्। सन् २०१८ यता देशमा मतदाताहरूको संख्या २.२५ करोडले बढेको छ। जसमा १.२५ करोड महिला छन्। सन् २०१८ मा भएको आम निर्वाचनमा ५२ प्रतिशत जनताले आफ्नो मताधिकार प्रयोग गरेका थिए।

Logo