पाकिस्तानमा निर्वाचनः इमरान खानले जेलबाटै हुलाकमार्फत भोट हाले

पाकिस्तानमा निर्वाचनः इमरान खानले जेलबाटै हुलाकमार्फत भोट हाले

केन्द्रबिन्दु
168
Shares

इस्लामबाद । जेलमा रहेका पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानले मतदान गरेका छन्। पाकिस्तानी समाचार संस्था डान न्युजका अनुसार पुर्व प्रधानमन्त्री खानले हुलाक मतपत्रबाट भोट गरेका हुन्।

पूर्वप्रधानमन्त्री इमरान खान र अन्य प्रमुख कैदी राजनीतिक व्यक्तित्वहरूले अडियाला जेलबाट हुलाक मतपत्र मार्फत मतदान गरेका सो मिडियाले जनाएको छ।

हुलाक मार्फत मतदान गर्ने अन्य राजनीतिक नेताहरूमा पूर्व विदेशमन्त्री शाह महमूद कुरैशी, पञ्जाबका पूर्वमुख्यमन्त्री चौधरी परवेज इलाही, अवामी मुस्लिम लिगका प्रमुख शेख राशिद र पूर्व सूचना मन्त्री फवाद चौधरीसमेत रहेका छन्।

तर, हुलाक भोटिङ प्रक्रिया पूरा भएको अवस्था खानकी श्रीमती बुशरा बिबी दोषी ठहर भई पक्राउ परे पछि मतदानमा सहभागी हुन कानूनतः पाइनन्।

Logo