दक्षिणी तान्जानियामा चट्याङ लागेर तीन जनाको मृत्यु, १८ जना घाइते

दक्षिणी तान्जानियामा चट्याङ लागेर तीन जनाको मृत्यु, १८ जना घाइते

केन्द्रबिन्दु
98
Shares

दार एस सलाम । दक्षिणी तान्जानियाको लिन्डी क्षेत्रमा अन्त्येष्टि कार्यक्रममा भाग लिने क्रममा शुक्रबार साँझ चट्याङ लागेर तीन जना गाउँलेको मृत्यु हुनाका साथै अन्य १८ जना घाइते भएका छन् ।

यस क्षेत्रका स्वास्थ्य केन्द्रका इन्चार्ज अब्दल्लाह मपुताले दिएको जानकारी अनुसार पीडितहरू गाउँले छिमेकीको अन्त्येष्टिमा भाग लिइरहेका बेला चट्याङको प्रहारबाट घाइते भएका थिए ।

‘उनीहरूलाई अन्त्येष्टि कार्यक्रममा भाग लिइरहेको बेला एक्कासि भारी वर्षा सहितको चट्याङले हिर्कायो,’ मपुटाले भने।साँझ ४ बजे उनीहरूलाई चट्याङ परेको थियो ।घाइतेहरूको स्वास्थ्य केन्द्रमा उपचार भइरहेको बताइएको छ ।

Logo