कतारमा मृत्युदण्ड तोकिएका ८ भारतीय रिहा

कतारमा मृत्युदण्ड तोकिएका ८ भारतीय रिहा

केन्द्रबिन्दु
182
Shares

काठमाडौं । कतारमा मृत्युदण्डको सजाय पाएका ८ भारतीय रिहा भएका छन्। भारतको विदेश मन्त्रालयका अनुसार आठमध्ये सात जना भारत फर्किएका छन्।

आठ पूर्व मरीनले दोहास्थित अल दाहरा ग्लोबल टेक्नोलोजीमा काम गरेका थिए। उनलाई अगस्ट २०२२ मा जासुसीको आरोपमा पक्राउ गरिएको थियो। तर, आरोपहरू सार्वजनिक गरेनन्।

सबैलाई पनडुब्बी परियोजनामा जासुसी गरेको आरोप लागेको भारतीय मिडियाले जनाएका थिए। अल दहरा ग्लोबल कम्पनीले कतारको सैन्य बल र अन्य सुरक्षा निकायहरूलाई तालिम र अन्य सेवाहरू प्रदान गर्दछ।

एक वर्षभन्दा बढी जेलमा बिताएपछि अक्टोबरमा कतारको तल्लो अदालतले पूर्व मरीनलाई मृत्युदण्डको सजाय सुनाएको थियो। उक्त निर्णयविरुद्ध भारतले अपिल गरेको थियो।

कतार भारतलाई प्राकृतिक ग्याँसको प्रमुख आपूर्तिकर्ता हो। त्यहाँ करिब आठ लाख भारतीय काम गर्छन्। दुई देशबीच सधैं राम्रो सम्बन्ध रहँदै आएको छ।

Logo