पाकिस्तानमा नयाँ प्रधानमन्त्री अब शहबाज शरीफ बन्ने

पाकिस्तानमा नयाँ प्रधानमन्त्री अब शहबाज शरीफ बन्ने

केन्द्रबिन्दु
518
Shares

काठमाडौं। पाकिस्तानमा नयाँ प्रधानमन्त्री शहबाज शरीफ बन्ने भएका छन्। कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन नसकेपछि त्रिशंकु संसद बनेको छ।

जसमा पीएमएलएनका नेता तथा पूर्व प्रधानमन्त्री नवाज शरीफले आफ्ना भाइ शहबाज शरीफलाई पाकिस्तानको नयाँ प्रधानमन्त्रीको रुपमा पार्टीबाट प्रस्ताव गरेका छन्।

यसलाई पाकिस्तानी सेनाले पनि समर्थन गरेको छ। शरीफले छोरी मरियम नवाजलाई पञ्जाबको मुख्यमन्त्रीका लागि मनोनयन गरेको पनि पार्टी प्रवक्ता मरियम औरङ्गजेबले सो जानकारी दिइन्।

नवाज शरीफले सरकार गठनमा पीएमएलएनलाई साथ दिने सबै राजनीतिक दललाई धन्यवाद दिँदै नयाँ सरकार पाकिस्तानलाई संकटबाट बाहिर निकाल्न सफल हुने आशा व्यक्त गरेका छन्।

नवाज शरीफ तीन पटक पाकिस्तानको प्रधानमन्त्री भइसकेका छन्। शाहबाज सरिफ दोस्रो पटक पाकिस्तानको प्रधानमन्त्री बन्ने भएका छन्। इमरान खानको सरकार पतन भएपछि २०२२ – २०२३ को बीचमा पीपीपीको समर्थनमा उनी प्रधानमन्त्री बनेका थिए।

पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का अध्यक्ष बिलावल भुट्टो जर्दारीले प्रधानमन्त्री पदको दौडबाट फिर्ताको घोषणा गर्दै आफ्नो पार्टीले पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएल-एन) को प्रधानमन्त्री पदका उम्मेदवारलाई समर्थन गर्ने बताएका छन्।

Logo