पुटिनका आलोचक एलेक्सी नाभाल्नीको जेलमा मृत्यु

पुटिनका आलोचक एलेक्सी नाभाल्नीको जेलमा मृत्यु

केन्द्रबिन्दु
196
Shares

काठमाडौं। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचकको मृत्यु भएको छ। लामो समयदेखि जेलमा रहेका एलेक्सी नाभाल्नीको शुक्रबार मृत्यु भएको बताइएको छ।

नाभाल्नीलाई रुसमा पुटिनको सबैभन्दा ठूलो आलोचक मानिन्थ्यो। नाभाल्नी २०२१ मा सरकार विरोधी प्रदर्शनको लागि जेलमा परेका थिए। यसअघि पनि नाभाल्नीलाई विष खुवाएर मार्ने प्रयास भएको थियो।

जसमा नवल्नीको ज्यान जोगिएको थियो। यसअघि नाभाल्नी केही दिनदेखि जेलबाट बेपत्ता भएको खबर आएको थियो। उनका वकिलले पनि उनीसँग कुरा गर्न नसकेको दाबी गरिएको थियो। कैदीको सूचीमा उनको नाम पनि हराइरहेको थियो।

तर, उनका वकिलले करिब २० दिनपछि भेट्न पाएका थिए। रुसी सरकारले नाभाल्नीलाई अत्यधिक चिसो आर्कटिक क्षेत्रमा रहेको जेलमा सारिएको थियो। नाभाल्नी यमलो नेनेट्सको खार्प क्षेत्रमा रहेको कारागारमा थुनिएको बताइएको छ। खर्पमा करिब ५ हजार मानिस बसोबास गर्छन् र यो क्षेत्र आर्कटिक सर्कलभन्दा माथि रहेको छ।

जसका कारण यहाँ अत्याधिक चिसो छ र यहाँको अवस्था निकै खतरनाक छ। कारागारका कैदीहरूको बाहिरी संसारसँग कुनै सम्पर्क छैन र यो रसियाको सबैभन्दा खतरनाक जेलहरूमा गनिन्छ। यो क्षेत्र रुसको राजधानी मस्कोबाट दुई हजार किलोमिटर उत्तर–पूर्वमा अवस्थित छ।

Logo