इन्डोनेसियामा २०२४ को चुनावमा २७ जना मतदान कर्मचारीको मृत्यु

इन्डोनेसियामा २०२४ को चुनावमा २७ जना मतदान कर्मचारीको मृत्यु

केन्द्रबिन्दु
98
Shares

जाकार्ता। इन्डोनेसियाको सन् २०२४ को आम निर्वाचनमा कुल २७ जना मतदान कर्मचारीको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ।

मन्त्रालयका प्रवक्ता सिती नादिया तरमिजीले फेब्रुअरी १० देखि १५ सम्म मन्त्रालयलाई प्राप्त जानकारीका आधारमा मतदान अघि, मतदानका क्रममा र मतदानपछि उनीहरूको मृत्यु भएको बताएका छन्।मृत्युको मुख्य कारण हृदयाघात रहेको पाइएको छ जसमा ९ जनाको हृदयाघातबाट ज्यान गएको तरमिजीले बताएका हुन्।

अन्य कारणहरूमा सवारी दुर्घटनाबाट चार जनाको, दुई जनाको विद्युतीय झड्काबाट मृत्यु भएको छ भने उच्च रक्तचाप र श्वासप्रश्वासजन्य जटिलताबाट दुई जनाको मृत्यु भएको छ। बाँकीको निधन बारे पुष्टि हुन बाँकी छ।

इन्डोनेसियाको बुधबारको आम चुनावमा २०४ मिलियन भन्दा बढी मतदाता आठ लाख २३ हजार २२० स्टेशनमार्फत ५।७४ मिलियन भन्दा बढी मतदान कार्यकर्ता सहभागी रहेको निर्वाचन आयोगले जनाएको छ।

यसैगरी सन् २०१९ को आम निर्वाचनमा मृत्यु भएका मतदान कर्मचारीहरूको सङ्ख्या ८९४ पुगेको थियो। आकस्मिक मृत्युलाई रोक्न सरकारले स्वास्थ्य परीक्षण लागू गरेको छ र मतदान कर्मचारीको लागि अधिकतम उमेर सीमा ५५ वर्ष तोकेको छ।

Logo