रूस-युक्रेन युद्ध तेस्रो वर्षमा, युक्रेन झनै रक्षात्मक

रूस-युक्रेन युद्ध तेस्रो वर्षमा, युक्रेन झनै रक्षात्मक

केन्द्रबिन्दु
42
Shares

कीएभ, युक्रेन । शनिबार रूसले युक्रेनमाथि आक्रमण गरेको दुई वर्ष पूरा भएको छ र पश्चिमा सहायताको अभावका कारण यो वर्ष युक्रेन कमजोर देखिएको छ भने रूस नयाँ लाभबाट उत्साहित भएको छ ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुअरी २४, २०२२ को बिहानै ‘विशेष सैन्य अभियान’ को घोषणा गर्दा धेरैले केही दिनभित्रै मस्कोले युक्रेनविरूद्ध विजय गर्ने अनुमान गरेका थिए । तर युक्रेनले अहिलेसम्म रूसी आक्रमणको प्रतिकार गर्दै कतिपय स्थानबाट रूसी सेनालाई पश्चगमनगर्न बाध्य बनाएको छ । तर युक्रेनले सन् २०२३ को प्रत्याक्रमण अनपेक्षित असफल भएपछि धक्का खाएको छ । यो उसलाई आफ्ना सहयोगीले युद्धका लागि प्रतिवद्धता गरे अनुसारको हतियार र आर्थिक सहयोगको अभावका कारण भएको रूस–युक्रेन युद्धबारे नजिकबाट जानकारी राख्ने विश्लेषकहरूले बताएका छन् ।

रूसी सेनाले युद्ध उत्पादनको वृद्धिका कारण शक्तिको स्थिति निर्माण गरेको छ, जबकि युक्रेनका सैनिकहरूसँग जनशक्तिको कमी छ र तोपखाना र हवाई प्रतिरक्षाको लागि पश्चिमी–आपूर्ति गरिएको गोलाबारूदको यथेष्ठ आपूर्ति नहुँदा सुस्त गतिमा रक्षात्मक लडाइ लडिरहेको छ ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हतियार आपूर्तिसम्बन्धी निर्णय ‘प्राथमिकता’ हुनुपर्ने बताएका छन् ।

युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डेर लेयेनलगायत पश्चिमा नेताहरूले युक्रेनको ‘असाधारण प्रतिरोध’को प्रशंसा गर्दै शनिबार कीएभ आइपुगेका छन् । तर अमेरिकी कङ्ग्रेसले ६० अर्ब अमेरिकी डलरको सहायता कार्यक्रम रोकेपछि युक्रेनका लागि समग्र तस्वीर अन्धकारमय बनेको छ । यो प्रतिज्ञा गरिएको सहयोगको आपूर्तिको ढिलाइको शीर्षस्थानमा आएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले रिपब्लिकन सांसदहरूलाई थप अनुदान नरोक्न पुनः आह्वान गर्दै ‘इतिहासले पर्खिरहेको’ र ‘यस महत्वपूर्ण घडीमा युक्रेनलाई समर्थन गर्न असफल भएको दिन’ नबिर्सिइने दोहोर्याएका छन् ।

रुसले पूर्वमा कडा आक्रमण गरिरहेको छ र फेब्रुअरी १७ मा डोनेट्स्क नजिकैको मारिङ्का शहरले अति बलियो किल्ला भएको शहर अभ्दाइभ्का कब्जा गरेपछि पछिल्लो आक्रमणको केन्द्रविन्दु बनेको छ । युक्रेनको अर्थव्यवस्थामा पोलिश किसानहरूको सीमा नाकावन्दीले पनि असर पारेको छ जुन कीएभले निर्यातलाई खतरामा पारेको र हतियारको आपूर्ति रोकेको बताएको छ ।

कीएभमा, मनोदशा डरलाग्दो छ तर अझै पनि युक्रेनीहरूले भनेका छन् उनीहरू युद्धसँग अभ्यस्त भइरहेका छन् । “युक्रेनका महिलाहरूका लागि, हाम्रा पतिहरूका लागि, हाम्रा छोराछोरीहरूका लागि, हाम्रा बुबाहरूका लागि, यो हृदयको पीडा हो,” कीएभका पोषणविद् ओल्गा बायर्कोले भने, “म वास्तवमा यो जतिसक्दो चाँडो अन्त्य होस् भन्छु ।”

अठ्तीस वर्षीय व्यवसायी युरी पासिच्निकले एएफपीसँग भने, “युक्रेनीहरूले यससँग बाँच्न सिकेका छन् । अब युद्ध हाम्रो दैनिकी भएको छ ।”

कोस्टियनटाइन गोफम्यान, ५१, ले ‘थप हतियारको माग गर्दै यो दुष्ट आत्मालाई आफ्नो भूमिबाट भगाउन र युक्रेनको पुनर्निर्माण सुरु गर्न सहकार्य हुनुपर्नेमा जोड दिए । विश्व बैंक, युरोपेली सङ्घ, संयुक्त राष्ट्रसङ्घ र युक्रेनी सरकारको पछिल्लो अनुमानअनुसार रूसको आक्रमणबाट ध्वस्त भएका शहर र शहरहरूको पुनर्निर्माण गर्न युक्रेनलाई लगभग आधा ट्रिलियन डलर आवश्यक पर्छ । युक्रेनले करिब ५० हजार सर्वसाधारण मारिएको अनुमान गरेको छ ।

Logo