युक्रेनसँगको युद्धमा आणविक हतियार प्रयोग गर्ने रूसी राष्ट्रपति पुटिनको चेतावनी

युक्रेनसँगको युद्धमा आणविक हतियार प्रयोग गर्ने रूसी राष्ट्रपति पुटिनको चेतावनी

केन्द्रबिन्दु
406
Shares

काठमाडौं। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धमा परमाणु (आणविक) हतियार प्रयोग गर्ने चेतावनी दिएका छन्। रूस युक्रेन युद्ध भएको दुई वर्ष पूरा भएको सन्दर्भमा बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पुटिनले युक्रेनलाई पश्चिमा देशहरूले सघाएको भन्दै कडा आलोचना गरेका हुन्।

साथै उनले पश्चिमा देशहरुले युक्रेनलाई साथ दिइरहेकाेमा रुस पनि आणविक हतियार प्रयोग गर्न बाध्य हुने चेतावनी दिए। उनले आणविक हतियार प्रयोग गर्दा हुने नोक्सानीको जिम्मेवारी रूस नहुने पनि कडा शब्दमा चेतावनी दिएका छन्।

रूस आणविक हतियारले सु-सज्जित रहेको भन्दै आफूसँग नखेल्न चेतावनी दिए । उनले भने, ‘पश्चिमा देशहरुले रुसले युरोपमा आक्रमण गर्छ भनेर गलत हल्ला गरिरहेका छन्।’ रूसले युरोपमा आक्रमण गर्ने कुनै योजना नबनाएको बताउँदै युक्रेन युद्ध जित्ने योजनामा केन्द्रित भएको बताए।

पुटिनले राष्ट्रपतिय निर्वाचनको सन्दर्भमा पनि जनतासँग अपिल गरेका थिए। रुसमा मार्च १५-१७ सम्म चुनाव हुँदैछ। उनी नै पुनः ६ वर्षका लागि निर्वाचित हुने पक्का छ। पुटिनले रूस संसारको सबैभन्दा ठूलो आणविक हतियार भएको देश आफ्नो रहेको बताउँदै रणनीतिक स्थायित्वका लागि अमेरिकासँग वार्ता गर्न तयार रहेको पनि रुसी समाचार एजेन्सी टासले जनाएको छ।

Logo