मैले ट्रम्पलाई हराउनु छः निक्की हेली

मैले ट्रम्पलाई हराउनु छः निक्की हेली

केन्द्रबिन्दु
56
Shares

काठमाडौं। यसैवर्ष अमेरिकामा हुने राष्ट्रपतिको निर्वाचनका लागि रिपब्लिकन पार्टीमा उम्मेदवार छनोटको प्रक्रिया चलिरहेको छ। उता, डेमोक्रयाटबाट वर्तमान राष्ट्रपति जो बाइडन नै उम्मेदवार बन्ने पक्का छ।

रिपब्लिकन पार्टीमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र निक्की हेलीबीच स्पर्धामा छन्। हेली भन्दा ट्रम्प पार्टीको प्राइमरी इलेक्सनको प्रतिस्पर्धामा धेरै अगाडि छन्। तर पनि हेलीले अझैंसम्म चुनावी अभियानलाई जारी राखेकी छिन्।

यसबीचमा हेलीले रिपब्लिकन पार्टीबाट टिकट नपाए स्वतन्त्र उम्मेदवार बन्ने चर्चा चलेको थियो। तर, हेलीले यो हल्लालाई खारेज गरेकी छिन्। उनले आफू जहिले पनि रिपब्लिकन पार्टीको कार्यकर्ता भएको र आउँदो चुनावमा निर्दलीय (स्वतन्त्र) उम्मेदवार हुने कुनै सम्भावना नभएको पनि बताइन्।

वासिङ्टन डिसीमा आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै निक्की हेलीले भनिन्,‘मैले कहिल्यै स्वतन्त्र उम्मेदवार बन्ने कुरा गरिनँ। म हृदयमा रिपब्लिकन नेता हुँ।’ उनी पार्टीको प्राइमरी इलेक्सनमा अर्का उम्मेदवार डोनाल्ड ट्रम्प भन्दा निकै पछाडि परे पनि आफूले हौसला नहारेको उल्लेख गरेकी छन्। प्राइमरी इलेक्सनमा ट्रम्प अगाडि भएपनि हेलीले मैदान नछोड्ने बताइन्।
‘जब म राष्ट्रपतिको लागि दौडिएकी थिएँ, त्यहाँ १४ जना प्रतिस्पर्धी थिए र मैले १२ जनालाई हराएकी थिएँ। अब मैले अझै एक जनालाई हराउनु छ।’

रिपब्लिकन उम्मेदवार बन्ने दौडमा ५१ वर्षीय हेलीले पूर्वराष्ट्रपति ७७ वर्षीय डोनाल्ड ट्रम्प सँग प्रतिस्पर्धा गर्दै आएकी छन् तर, उनले अहिलेसम्म एउटा पनि प्राइमरी चुनाव जित्न सकेकी छैनन्।

पार्टीको आन्तरिक प्रतिस्पर्धामा हेली ट्रम्प भन्दा ६४ अंकले पछाडि छिन्। निक्की हेलीले डोनाल्ड ट्रम्पलाई निशाना बनाएर ट्रम्पको शासनकालको चार वर्ष थप अराजकता सहन नसक्ने बताउँदै आएकी छिन्।

Logo