क्यानडामा साथीको छुरा प्रहारबाट ६ जना रुममेटको हत्या

क्यानडामा साथीको छुरा प्रहारबाट ६ जना रुममेटको हत्या

केन्द्रबिन्दु
280
Shares

काठमाडौं। क्यानडामा छुरी प्रहार हुँदा ६ जनाको मृत्यु भएको छ।

राजधानी ओटावामा भएको घटनामा श्रीलङ्काका एक १९ वर्षीय विद्यार्थीलाई आफ्ना ६ जना रुममेटलाई छुरा प्रहार गरी हत्या गरेको क्यानडा प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा चार बालबालिका श्रीलंकन रहेका छन्। हत्या गर्ने १९ बर्षीय विद्यार्थीलाई भने नियन्त्रणमा लिइएको छ। ओटावाका प्रहरी प्रमुख एरिक स्टब्सले फाब्रिसियो डे-जोयसा भनेर चिनिने अभियुक्तले मानिसलाई धारिलो हतियारले आक्रमण गरेको बताए।

उनीमाथि छ वटा फर्स्ट डिग्री हत्या र एक हत्या प्रयासको आरोप लगाइएको छ। मृतकहरू हालै क्यानडा आएका श्रीलंकाली नागरिक रहेको बताए।

जसमा ३५ वर्षीया आमा, सात वर्षीय छोरा, चार वर्षीया छोरी, दुई वर्षीया छोरी र साढे दुई महिनाकी छोरी रहेका छन्। साथै परिवारका आफन्त अर्का ४० वर्षीय पुरुषको पनि मृत्यु भएको छ। के कारणले ती विद्यार्थीले हत्या गरे भन्ने खुलेको छैन।

Logo