गाजामा एयरड्रप सुविधामा लापर्वाही हुँदा पाँच नागरिकको मृत्यु

गाजामा एयरड्रप सुविधामा लापर्वाही हुँदा पाँच नागरिकको मृत्यु

केन्द्रबिन्दु
84
Shares

काठमाडौं। गाजामा पठाइएको सहायता सामग्रीले लागेर ५ जनाको मृत्यु भएको छ। प्यारासुटबाट गाजा स्ट्रिपमा पठाइएको सहायता सामग्री लिनका लागि लाइन लागेकाहरुको मृत्यु प्यारासुटबाट खसेका सामग्रीले लागेर भएको हो।

प्यारासुट नखुल्दा उक्त सामग्री मानिसमाथि खसेको थियो। घटनामा कयौं घाइते पनि भएका छन्। गाजाले एक विज्ञप्ति जारी गर्दै गाजा स्ट्रिपमा रहेको एयरड्रप सुविधा नागरिकको जीवनका लागि खतरनाक भएको चेतावनी दिएको छ।

प्यारासुट नखुलेपछि पार्सल सिधै सर्वसाधारणको टाउकोमा खसेको थियो। लापरवाहीका कारण पाँच जनाको मृत्यु भएको छ। सोही क्रममा धेरै मानिसहरु घाइते भएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले हालै गाजामा मानवीय सहायताका लागि एयरड्रप सुविधा सुरु गर्ने घोषणा गरेका थिए।

ह्वाइट हाउसको ओभल अफिसमा इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीसँगको भेटमा एयरड्रप सुविधा सुरु गर्ने घोषणा गरिएको थियो। एयरड्रपको उद्देश्य गाजामा प्यालेस्टिनी जनतालाई आवश्यक मानवीय सहायता प्रदान गर्नु हो। हमासले यो इजरायलले जेरुसेलमको अल–अक्सा मस्जिदको अपमानको बदला भएको बताएको छ।

Logo