इन्डोनेसियामा भारी वर्षापछिको बाढी र पहिरोमा तीन जनाकाे मृत्यु

इन्डोनेसियामा भारी वर्षापछिको बाढी र पहिरोमा तीन जनाकाे मृत्यु

केन्द्रबिन्दु
42
Shares

काठमाडौं। अत्याधिक वर्षापछिको बाढी र पहिरोमा परेर इन्डोनेसियामा थप तीन जनाको मृत्यु भएको छ। घटनामा १० जना बेपत्ता भएका छन्। स्थानीय विपद् व्यवस्थापन निकायका एक वरिष्ठ अधिकारीले पश्चिमी सुमात्रामा घटना भएको जानकारी गराएका छन्।

बिहीबारको भारी वर्षाले प्रान्तका १० जिल्ला र सहरमा बाढी र पहिरोको कारण पुलहरू भत्किएका र घरहरू डुबानमा परेको प्रान्तीय विपद् व्यवस्थापन तथा न्यूनीकरण एजेन्सी फजर सुकमाको आपतकालीन इकाईका प्रमुखले बताएका छन्।

बाढीले सडक डुबानमा परेको, यातायात अवरुद्ध भएको र हजारौं मानिस प्रभावित र विस्थापित हुन बाध्य भएको उनले बताए। ‘पेसिसिर सेलाटन रिजेन्सीमा एक जनाको मृत्यु भएको छ भने अनय नौ जना बेपत्ता भएका छन्, र परियामन रिजेन्सीमा दुई जनाको मृत्यु भएको छ र अर्का एक जना बेपत्ता छन्,’ उनले भने।

सुकमाले बिहीबारबाट बाढी सुरु भएपनि अहिले पानी कम हुन थालेको र विपद् प्रभावित क्षेत्रमा खाद्यान्न, कम्बल, औषधि र अन्य सामग्री पुर्याइएको जानकारी दिए।

Logo