बेलायतकी पूर्वप्रधानमन्त्री थेरेसाले यो वर्षको चुनावमा भाग नलिने

बेलायतकी पूर्वप्रधानमन्त्री थेरेसाले यो वर्षको चुनावमा भाग नलिने

केन्द्रबिन्दु
42
Shares

काठमाडौं। बेलायतकी पूर्वप्रधानमन्त्री थेरेसा मेले राजनीतिबाट सन्यास लिने घोषणा गरेकी छन्। यसपटक उनी चुनाव नलड्ने जनाएकी हुन्। सन् २०१६ देखि २०१९ सम्म थेरेसाले बेलायतको प्रधानमन्त्रीको पदभार सम्हालेकि थिइन्।

उनी २७ वर्षसम्म संसदको तल्लो सदन हाउस अफ कमन्सकी सदस्य भएकी थिइन्। थेरेसा मे अहिले ६७ वर्षकी भइन्। उनी सन् १९९७ देखि कन्जरभेटिभ पार्टीकी सांसद थिइन् र बर्कशायर सिटबाट सात पटक निर्वाचित भइन्।

उनले जुन २०१६ मा भएको जनमतसंग्रह पछि संसद मार्फत ब्रेक्सिट सम्झौताका कारण प्रधानमन्त्री पदबाट राजीनामा दिएकी थिइन्।

यो घोषणासँगै उनी आगामी चुनावमा भाग नलिने घोषणा गरेका कन्जरभेटिभ पार्टीका करिब ६० सांसदमा सामेल भइन्। पूर्वक्याबिनेट मन्त्रीहरू बेन वालेस, साजिद जाभिद, डोमिनिक राम र क्वासी क्वार्टेङले आगामी चुनावमा भाग नलिने घोषणा यसहघि नै गरिसकेका छन्।

Logo