पश्चिमी इन्डोनेसियामा बाढी र पहिरोमा १० जनाको मृत्यु, १० अझै बेपत्ता

पश्चिमी इन्डोनेसियामा बाढी र पहिरोमा १० जनाको मृत्यु, १० अझै बेपत्ता

केन्द्रबिन्दु
28
Shares

जकार्ता । पश्चिम सुमात्रा प्रान्तको पेसिसिर सेलाटनको इन्डोनेसियाली रिजन्सीमा बाढी र पहिरोका कारण कम्तिमा दश जनाको मृत्यु भएको शनिबार स्थानीय विपत् व्यवस्थापन निकायले जनाएको छ ।

उक्त घटनामा अन्य दश जना बेपत्ता भएका छन् ।

पेसिसिर सेलाटन विपत् न्यूनीकरण एजेन्सीका प्रमुख डोनी गुस्रीजलले एक विज्ञप्तिमा उद्धारकर्ताहरूले अझै पनि अन्य बेपत्ता व्यक्तिहरूको खोजी गरिरहेको उल्लेख गरे । बाढी र पहिरोबाट प्रभावितहरूलाई उद्धार गरिरहेका छन् ।

शनिबार बिहानसम्म भएको वर्षापछि भएको डुबानले बाटो पुरिएकोले विपत्का कारण छुट्टिएका गाउँलेहरूलाई मद्दत गर्न डुङ्गाहरूको परिचालन गरी उद्धार शुरू भएको उनले बताए ।

गुसरिजलका अनुसार ४५ हजार भन्दा बढी मानिसहरू सेलाटानका विभिन्न स्थानमा अस्थायी आश्रयस्थलमा बसिरहेका छन् । बर्षा कारण २० हजारभन्दा बढी घर डुबानमा परेको र कम्तीमा आठ वटा पुल भत्किएका छन् । बिहीबारदेखि यस क्षेत्रमा परेको भारी वर्षाले गर्दा धेरै गाउँहरूमा पुग्ने सडक अवरुद्ध भएको छ भने स्थानीयहरू विद्युतविहीन भएका छन् । -रासस/सिन्ह्वा

Logo