ग्यास सिलिन्डर विस्फोट हुँदा ९ जनाको मृत्यु

ग्यास सिलिन्डर विस्फोट हुँदा ९ जनाको मृत्यु

केन्द्रबिन्दु
252
Shares

काठमाडौं । पाकिस्तानमा ग्यास सिलिन्डर विस्फोट हुँदा ९ जनाको मृत्यु भएको छ । घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन् ।

घटना हरम गेट नजिक मोहल्ला जवादियान इलाकामा भएको स्थानीय संचार माध्यमले जनाएका छन् । ग्यास लिलिन्डर विस्फोटले ३ वटा भवन पनि क्षतिग्रस्त भएका थिए । क्षतिग्रस्त भवनमुनी दबिएर उनीहरुको मृत्यु भएको जनाइएको छ । घटनामा परेर मृत्यु भएका पाँच जना एकै परिवारको रहेको पाकिस्तानी अखवार डनले जनाएको छ । जिल्ला अपतकालिन अधिकारी डा. कलीमुल्लाहले मृतकको शव र घाइतेहरुलाई पाँच घण्टामा निकालिएको थियो । उद्दारका लागि ७० जना भन्दा बढी उद्दारकर्मीहरु परिचालित भएका थिए ।

घटनापछि मुल्तानको डेपुटी कमिश्नर रिजवान कादिरले भौतिक संरचनाको निरीक्षणका लागि प्राविधिक समिति पनि गठन गरेको डनले जनाएको छ । त्यहाँका क्षेत्रीय प्रहरी अधिकारी (आरपीओ) मुल्तान सोहेल चौधरीले ग्यास सिलिन्डर विस्फोट भएको र त्यसै कारण घरहरु क्षतिग्रस्त भएको जानकारी दिए ।

Logo