सोमालियाको २ अर्ब अमेरिकी डलरभन्दा बढी ऋण रद्द गर्न पेरिस क्लब सहमत

सोमालियाको २ अर्ब अमेरिकी डलरभन्दा बढी ऋण रद्द गर्न पेरिस क्लब सहमत

केन्द्रबिन्दु
112
Shares

मोगादिसु । ऋणदाता राष्ट्रहरूको अनौपचारिक समूह पेरिस क्लबले सोमालियाको २ अर्ब अमेरिकी डलरभन्दा बढी ऋण रद्द गर्न सहमत भएको छ।

यस समूहको उद्देश्य ऋणी राष्ट्रहरूले सामना गर्ने भुक्तानी समस्याहरूको व्यावहारिक समाधान खोज्नु रहेको छ । सोही अनुरूप सोमालियाको समस्यालाई दृष्टिगत गरी सो निर्णय लिइएको हो ।

सन् २०२३ डिसेम्बरमा अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) समेतको पहलबाट गरीब देशहरू (एन्हान्स्ड एचआईपीसी) को ऋण अनुमोदन अन्तर्गत ऋणदाता राष्ट्र र ऋणी राष्ट्रको आपसी समन्वयपछि निष्कर्षमा पुग्न सकिने सहमति अनुकूल पेरिस क्लब ऋणदाता देशहरू र सोमाली सरकारका प्रतिनिधिहरू बीच बुधबार भएको बैठकपछि उक्त ऋण रद्ध गर्ने निर्णय लिइएको हो। -सिन्ह्वा

Logo