अरविन्द केजरीवालः भ्रष्टाचार विरोधले उठायो, रक्सीले डुबायो

अरविन्द केजरीवालः भ्रष्टाचार विरोधले उठायो, रक्सीले डुबायो

केन्द्रबिन्दु
238
Shares

काठमाडौं। ‘भ्रष्टाचारविरुद्ध भारत’ नारा लाएर राजनीतिको मैदानमा उदाएका आम आदमी पार्टीका संयोजक तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवाललाई यतिबेला आएर रक्सीको पोखरीमा डुब्नु परेको छ।

भ्रष्टाचारविरुद्ध चर्को नारा लाएर सर्वसाधारणको मन जित्दै र कर्मचारी वर्ग तर्साउँदै करिब १२ वर्ष अघि भारतीय राजनीतिमा प्रकट भएका थिए केजरीवाल।

उनै केजरीवाल अहिले ‘आबकारी नीति घोटाला’ को मुख्य योजनाकार भएको, ६ अर्ब भन्दा बढी घुस लिएर गोवा विधानसभाको चुनावी अभियानमा खर्च गरेको जस्ता गम्भीर आरोपमा मुछिएका छन्। यो प्रकरण दिल्लीमा नीजि क्षेत्रलाई मदिरा विक्रीको लाइसेन्स वितरणसँग जोडिएको छ।

लोकप्रियताको शिखर पुगेका केजरीवाल रक्सी घोटालाको गम्भीर आरोपमा जेलको सिँडीमा पुगेपछि उनका समर्थक चकित परेका छन् । केजरीवाललाई बिहीबार राती पक्राउ गरेर दिल्ली अदालतको अनुमतिमा मार्च २८ सम्म हिरासतमा राखेर अनुसन्धान जारी राखिएको छ।

केजरीवाल संयोजक रहेको आम आदमी पार्टीले दिल्ली, हरियाणा र गुजरातमा लोकसभा चुनावका लागि विपक्षी पार्टी कांग्रेससँग गठबन्धन गरेर चुनावी राजनीतिमा प्रवेश गरिरहेका बेला उनी प्रक्राउ पर्नुलाई चासोका साथ हेरिएको छ। सत्तारुढ भारतीय जनता पार्टीले निर्वाचनलाई लक्ष गरेर केजरीवाललाई विवादमा पारेको भनेर एकतर्फ आलोचना पनि भैरहेको छ।

पार्टीका राष्ट्रिय संयोजकको गिरफ्तारीले पार्टीको चुनावमा गम्भीर असर पार्न सक्ने प्रक्षेपण पनि भइरहेको छ। किन भने उनी लोकसभा चुनावको लागि योजना र रणनीतिको केन्द्रमा थिए।

दशक अगाडिको उदय

भारतमा भ्रटाचार विरोधी आन्दोलनबाट उदाएका केजरीवाल तीन पटकसम्म दिल्लीका मुख्यमन्त्री बनिसकेका छन्। करिब १२ वर्षअघि भारतीय जनताले भ्रष्टाचार अधियानकै कारण पत्याएका उनी भातीय राजनीतिको उत्कर्षमा पुग्न धेरै समय लगाएनन्।

सन् २०११ को भ्रष्टाचार विरोधी आन्दोलनबाट उभरिएका केजरीवालले निकटतम मित्रहरूको सहयोगमा सन् २०१२ अक्टोवर ६ मा गान्धी जयन्तीको अवसर पारेर स्थापना आमआदमी पार्टी नामक पार्टीको स्थापना गरे।

केजरीवालले एकल हातले दिल्ली र पञ्जाबमा मात्र नभई सुदूर गुजरात र गोवामा पनि आफ्नो पदचिन्ह्र राख्दै भाजपा र कांग्रेसलाई पछ्याउँदै देशको तेस्रो ठूलो राष्ट्रिय पार्टीको रूपमा आपको उदयको नेतृत्व गरे।

तर त्यो बेला आम आदमी पार्टी–कांग्रेसको सरकार ४९ दिन मात्र टिक्न पायो। किनभने केजरीवालले दिल्ली विधानसभामा जन लोकपाल विधेयक पारित गर्न नसकेपछि राजीनामा दिएका थिए।

त्यस्तै, सन् २०१५ को विधानसभा चुनावको दौडमा, उनले २०१३ मा ४९ दिनको कार्यकालमा आफ्नो कार्यका लागि लगातार माफी मागेका थिए र फेरि राजीनामा नगर्ने वाचा गरेका थिए।

दिल्लीमा आफ्नो पहिलो चुनावमा पार्टीको चुनावी लाभबाट उत्साहित केजरीवालले वाराणसीबाट २०१४ मा लोकसभा चुनावमा भाजपाका नरेन्द्र मोदीसँग सामना गरे। तर हार चाख्न पुगे।

आफ्नो ’भ्रष्टाचारविरुद्धको भारत’ नामक अभियानका क्रममा भारतमा सक्रिय राजनीति गरिरहेका नेताहरुलाई केजरीवालले स्वास्थ्य, शिक्षा, पानी र बिजुली आपूर्ति जस्ता मुद्दाहरूलाई आफ्नो राजनीति र शासनको मूलको रूपमा राख्न सफल भए। अहिले उनको पार्टीले राम्रै लय समाइरहेको छ । यद्धपी उनी भनेर गम्भिर आरोपको सामना गरिरहेका छन्।

के अब जेलबाटै राजकाज ?

केजरिवालको गिरफ्तारीले दिल्लीमा संवैधानिक संकट उत्पन्न भएजस्तो देखिएको छ। जताततै आन्दोलनका कार्यक्रम तय गरिएका छन्। आपका नेताहरूले केजरिवालले मुख्यमन्त्रीको पदबाट राजीनामा नदिने र जेलबाट नै सरकार चलाउने बताएका छन्। यद्यपि, यसबारे पार्टीको औपचारिक निर्णय आउन बाँकी छ।

राज्य सरकारका कैयौँ काममा मुख्यमन्त्रीको उपस्थिति अनिवार्य हुन्छ। मन्त्रिपरिषद् बैठकबाहेक अन्य कैयौँ समितिको अध्यक्षता पनि मुख्यमन्त्रीले गर्नुपर्ने भएकाले जेलबाट सरकार चलाउन भने असम्भवप्रायः छ।

Logo