पृथ्वीको सतहभन्दा ७०० किलोमिटर मुनि भेटियो सबैभन्दा ठूलो महासागर, अब के हुन्छ ? [भिडियाे]

पृथ्वीको सतहभन्दा ७०० किलोमिटर मुनि भेटियो सबैभन्दा ठूलो महासागर, अब के हुन्छ ? [भिडियाे]

केन्द्रबिन्दु
168
Shares

विज्ञान र प्रविधिको विकास सँगसँगै नयाँ-नयाँ अनुसन्धान र आविष्कारले सफलता पाउँदै आएका छन् । हालै अमेरिकाको इलिनोइस राज्यका अनुसन्धानकर्ताहरूले नयाँ कुरा पत्ता लगाएका छन् । वैज्ञानिकहरुले पृथ्वीको सतहभन्दा ७०० किलोमिटर तल सबैभन्दा ठूलो महासागर अवस्थित रहेकोे पत्ता लगाएका हुन् ।

यस खोजको बारेमा जानकारी पहिलो पटक सन् २०१४ मा दिइएको थियो । यो कुरा एक वैज्ञानिक पेपर ‘डिहाइड्रेसन मेल्टिङ एट द टप अफ द लोअर मेन्टल’मा रिपोर्ट गरिएको थियो । तर, अहिले यो अनुसन्धान भाइरल भइरहेको छ । यस महासागरको उत्पत्तिपछि पृथ्वीमा पानीको उत्पत्तिबारे नयाँ सिद्धान्त फेला परेको छ ।

यसमा सबै महासागरको कुल पानीको तुलनामा तीन गुणा बढी पानी रहेको उनीहरुले बताएका छन् । पृथ्वीमा पानी कहाँबाट आयो भनेर खोजी गर्दा वैज्ञानिकहरूले यस महासागरको बारेमा पत्ता लगाएको रिपोर्टमा बताइएको छ । यो महासागर पृथ्वीको सतह मुनि निलो चट्टानमा लुकेको छ । खोज टोलीका वैज्ञानिक स्टिभ ज्याकबसनले चट्टान स्पन्ज जस्तै छ जसले पानीलाई अवशोषित गरिरहने बताए । २ हजार सिस्मोमिटरबाट ५ सय भूकम्पको अध्ययन गरी यो महासागर पत्ता लागेको हो ।

जब पृथ्वीमुनि बुलन्द छालहरू ओसिलो चट्टानबाट गुज्र्छन्, तिनीहरूको गति सुस्त हुन्छ । सिस्मोमिटरबाट यी छालहरू अध्ययन गरेपछि महासागर पत्ता लागेको हो । धेरै रिपोर्टहरूमा यो दावी गरिएको छ कि धूमकेतु पृथ्वीसँग ठोक्किएपछि यसको प्रभावका कारण पानी उत्पन्न भएको थियो ।

Logo