फुकुशिमा आणविक उर्जा केन्द्रमा चुहावटपछि नयाँ प्लान्ट स्थापना गरिने

फुकुशिमा आणविक उर्जा केन्द्रमा चुहावटपछि नयाँ प्लान्ट स्थापना गरिने

केन्द्रबिन्दु
112
Shares

टोकियो । फुकुशिमा आणविक ऊर्जा केन्द्रमा दूषित पानी चुहावटको कारण प्लान्टको सञ्चालक ‘टोकियो इलेक्ट्रिक पावर कम्पनी’ (टेप्को) ले रोकथामको लागि नयाँ विद्युत्तीय पावर प्लान्ट स्थापनाको योजना घोषणा गरेको छ ।

टेप्कोले केन्द्रमा देखिएको समस्या समाधानका लागि नयाँ पाइप तथा भेन्टिलेसन राखिने र निर्माण सोमबारबाट सुरु हुने उक्त कार्य मार्च अन्त्यसम्ममा सम्पन्न हुने बताएको छ ।

भवनमा दूषित पानीको उपचार गर्न प्रयोग गरिने सरलीकृत सक्रिय पानी प्रशोधन र पुनः प्राप्ति प्रणाली (एसएआरआरवाई) को लागि पाइपहरूको सफाईको क्रममा फेब्रुअरी ७ मा मानवीय त्रुटिका कारण धेरै द्वारहरू बन्द हुँदा चुहावट भएको प्लान्टबाट ६.६ अर्ब रेडियोधर्मी विकिरणसहितको करिब १.५ टन आणविक–दूषित पानी चुहावट भएको थियो ।

गत वर्ष अक्टोबरमा पनि आणविक प्लान्टमा समस्या आएको थियो जसका कारण पाँच जना कामदार रेडियोधर्मी पदार्थयुक्त तरल फोहोरको सङ्क्रमणबाट प्रभावित भएका थिए ।

पावर कम्पनी टेप्कोका अनुसार यस योजनामा दूषित पानी चुहावट भएको उच्च तापक्रम इन्सिनरेटर (फोहोर जलाउने भट्टी) भवनमा जडान गरिएको पाइप काट्ने र नयाँ पाइपहरू ठाडो दिशामा स्थापना गरिने भएको छ ।

पाइपहरूमा बग्ने पानीलाई भवन भित्रका प्लाष्टिकका भाँडा (कन्टेनर)हरूमा जम्मा गरी ढकनी लगाएर बन्द गरिएको जानकारी थियो । कन्टेनरहरूमा बाहिर पानी सङ्कलन गर्न र चुहावटलाई निगरानी गर्न क्यामेरा र डिटेक्टरहरू प्रयोग गरिने टेप्कोले बतायोे ।

प्लान्टमा खर्च गरिएको आणविक इन्धन व्यवस्थापन गर्नका लागि बनाइएको परिमार्जन गर्न आणविक नियमन प्राधिकरणलाई स्वीकृतिको लागि टेप्कोले स्वीकृति दिएको छ ।

सन् २०२३ मा वातावरणीय समूह, गैर–सरकारी संस्था र आणविक विरोधी आन्दोलनको बारम्बार आपत्तिपछि जापानले प्रशान्त महासागरमा फोहोर पानी फाल्न छोडेको थियो । -सिन्ह्वा

Skip This
Logo