दक्षिणी गाजाबाट इजरायली सैनिक फिर्ता हुने

दक्षिणी गाजाबाट इजरायली सैनिक फिर्ता हुने

केन्द्रबिन्दु
56
Shares

जेरुसेलम । इजरायलले दक्षिणी गाजाबाट एउटा ब्रिगेडबाहेक सबै सैनिक फिर्ता बोलाएको आइतबार स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

नाहल नामक ब्रिगेडले मध्य क्षेत्रबाट गाजालाई हेर्दछ र गाजाको दक्षिणबाट उत्तरमा नागरिकहरूको फिर्तीलाई रोक्दछ । इजरायलको सरकारी स्वामित्वको कान टिभी समाचारका अनुसार नयाँ ‘सुरक्षा क्षेत्र’ स्थापना भएपछि इजरायली रक्षा बल (आईडीएफ)ले गाजाको वरिपरी रहेका इजरायली क्षेत्रमा आफूलाई पुनर्गठित गरेको छ ।

आइडीएफ स्रोतलाई उद्धृत गर्दै समाचारमा भनिएको छ, “इजरायली सेनाले अब ‘गुप्तचरमा आधारित’ छापामा ध्यान केन्द्रित गर्नेछ र आवश्यकता अनुसार गाजा फर्कने छ ।

“सेनाको बहिर्गमन ‘राजनीतिक दबाब’सँग सम्बन्धित छैन,” सेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । -एएफपी

Logo