चीनका शीर्ष विधायकको उत्तर कोरियाका वरिष्ठ अधिकारीसँग भेट

चीनका शीर्ष विधायकको उत्तर कोरियाका वरिष्ठ अधिकारीसँग भेट

केन्द्रबिन्दु
42
Shares

चीन । चीनका एक शीर्ष विधायकले यसै साता प्योङयाङको भ्रमणका क्रममा सहयोगबारे छलफलका लागि उत्तर कोरियाका एक वरिष्ठ अधिकारीसँग भेट गरेको उत्तर कोरियाली राज्य मिडियाले शुक्रबार बताएको छ। उक्त भेट वर्षौंमा दुई सहयोगीबीच सबैभन्दा उच्चस्तरीय भेटमध्येको एक थियो।

चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरोको शक्तिशाली स्थायी समितिका सदस्य तथा बेइजिङका तेस्रो उच्चपदस्थ अधिकारी झाओ लेजी दुई मुलुकबीचको कूटनीतिक सम्बन्धको ७५औँ वार्षिकोत्वसवका अवसरमा आणविक हतियार सम्पन्न उत्तर कोरियाको सद्भावना भ्रमणमा छन्।

चीन उत्तर कोरियाको सबैभन्दा महत्त्वपूर्ण आर्थिक हितैषी र कूटनीतिक सहयोगी हो। उत्तर कोरियाली नेता किम जोङ उनको बढ्दो हतियार परीक्षणको जवाफमा संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा उनको शासनमाथि कडा प्रतिबन्ध लगाउने अमेरिकी नेतृत्वको प्रयासलाई रुससँग मिलेर चीनले अवरोध पुर्याइरहेको छ।

झाओले बिहीबार उत्तर कोरियाली राजधानी पुगेर आफ्ना समकक्षी चोए र्योङसँग भेट गरेको केसिएनएले बताएको छ। भेटमा उनले ‘राजनीति, अर्थतन्त्र र संस्कृतिलगायत सबै क्षेत्रमा आदानप्रदान र सहयोग’ बारे छलफल गरेका छन्। विज्ञप्तिमा भनिएको छ, “छलफलका क्रममा आपसी चिन्ताका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाबारे विचार आदानप्रदान भयो।”

राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री लि कियाङपछि झाओ चीनको तेस्रो उच्चपदस्थ अधिकारी हुन्। राष्ट्रपति सीले अन्तिमपटक उत्तर कोरियाली नेता किमसँग सन् २०१९ मा कोभिड–१९ महामारी सुरु हुनुअघि भेट गरेका थिए। यसबाट झाओ र चोएबीच प्योङयाङको बैठक धेरै वर्षमा सबैभन्दा उच्चस्तरीय बैठकमध्ये एक भएको छ।

झाओको भ्रमणमा किमको बेइजिङको आगामी सम्भावित राजकीय भ्रमणको योजना समावेश हुनसक्ने दक्षिण कोरियाली स्थानीय सञ्चारमाध्यममा बताइएको छ। चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार दुवै अधिकारीले ‘कोरियाली प्रायद्वीपको अवस्था’ बारे चर्चा गरे र झाओले ‘विधायक आदानप्रदान तथा सहयोगलाई गति दिने’ बेइजिङको इच्छा व्यक्त गरे।

“चोए र झाओले ‘चीन र उत्तर कोरियाबीच कूटनीतिक भिसाको आपसी छुट, क्लासिक कार्यको आपसी अनुवाद र प्रकाशन, भन्सार र क्वारेन्टाइन, रेडियो र टेलिभिज तथा हुलाक एक्सप्रेस डेलिभरी’ का क्षेत्रमा ‘सान्दर्भिक सहयोग दस्तावेजहरूमा’ हस्ताक्षर गर्नुभयो”, सिन्ह्वाले भनेको छ।

किमले दक्षिण कोरियाप्रति आफ्नो आक्रामक बयानबाजी बढाउँदै बेइजिङसँगको सम्बन्धलाई बलियो बनाउने प्रयास गरेका छन्।

Logo