राष्ट्रसंघीय मानवीय सहायताकर्मीद्वारा कङ्गोमा विस्थापितको बारेमा चिन्ता व्यक्त

राष्ट्रसंघीय मानवीय सहायताकर्मीद्वारा कङ्गोमा विस्थापितको बारेमा चिन्ता व्यक्त

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । संयुक्त राष्ट्रसङ्घका मानवीय सहायताकर्मीहरूले पूर्वी लोकतान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) हिंसाबाट गोमा तथा वरपर शरण लिइरहेका पाँच लाखभन्दा बढी विस्थापित व्यक्तिहरूको सुरक्षाका बिषयमा चिन्ता व्यक्त गरेका हुन्।

संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसिएचए) ले गोमा र वरपर विस्थापित मानिसहरूले सामना गर्ने अनिश्चित अवस्था र बढ्दो खतराहरूले चिन्ता बढाएको बताएको छ।

उत्तरी किएभको मासिसी र रूत्सुरू क्षेत्रमा कङ्गोली सेना र सशस्त्र समूहबीचको झडपबाट भागेर पाँच लाखभन्दा बढी मानिसहरू वरपरका स्थानमा विस्थापितका रूपमा रहेको ओसिएचएले जनाएको छ। गत मार्चको सुरुदेखि गोमालगायतका स्थानमा गोलाबारी र आकस्मिक विस्फोटका घटनामा आठ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन्।

पूर्णरूपमा विस्थापित मानिसहरूलाई बढ्दो जोखिममा पार्दै शिविरभित्र हतियारको उपस्थिति प्रयोगसमेत बढेको ओसिएचएले जनाएको छ।

Logo