६ हप्ता युद्धविराम गरे बन्धकहरुलाई रिहाइ गर्ने हमासको सर्त

६ हप्ता युद्धविराम गरे बन्धकहरुलाई रिहाइ गर्ने हमासको सर्त

केन्द्रबिन्दु
56
Shares

काठमाडौं। छ महिनादेखि युद्धरत इजरायल र हमासबीच युद्धविरामको प्रयास सफल हुन सकेको छ। हमासको कब्जामा रहेका इजरायली नागरिकहरुलाई छुटाउन इजराइलले राखेको प्रस्ताव अस्वीकार गरेको हमासले युद्धविरामका लागि नयाँ प्रस्ताव अघि सारेको छ।

हमासले इजरायली बन्दीहरुको रिहाइका लागि इजरायली रक्षा बलले गाजामा भइरहेका आक्रमण रोक्नुपर्ने र सहरी क्षेत्रहरूबाट ६ हप्तासम्म फिर्ता हुनुपर्ने सर्त राखेको हो।

एक मिडियाले सार्वजनिक गरेको प्रतिवेदनअनुसार हमासले युद्धविराम र बन्धकहरूको रिहाइको लागि मध्यस्थकर्ताहरुमार्फत् यस्ता सर्त अघि सारेको हो। हमासले १२९ जना बन्धकहरुलाई रिहा गर्नुअघि इजरायलले छ हप्ताको युद्धविराम गर्नुपर्ने माग गरेको हो।

तर इजरायली सरकारको भने यसबारे कुनै प्रतिक्रिया आएको छैन। हमासले ६ हप्तासम्म युद्धविराम गरेपछि मात्रै इजरायली नागरिकहरूलाई रिहा गर्ने भनेको हो।

त्यस्तै, प्रति इजरायली नागरिकका लागि ३० प्यालेष्टिनी बन्दी रिहा गर्नुपर्ने हमासको सर्त छ। साथै, यसले प्रत्येक कब्जा गरिएका सैनिकहरूको लागि ५० प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्नुपर्ने भनेको छ।

हमासले अक्टोबर ७ मा इजरायली सहरहरूमा पाँच हजारभन्दा बढी रकेट प्रहार गरेर आक्रमण सुरु गरेको थियो। यसपछि हमासका आतंककारीहरूले इजरायलमा प्रवेश गरी मानिसहरुको हत्या गरेका थिए।

यसको जवाफमा इजरायलले गाजामा हमासका आतंककारीहरूविरुद्ध कारबाही सुरु गरेको थियो। यस अपरेसनमा गाजामा हमासको स्थानमा व्यापक बमबारी भयो, जसका कारण गाजाको अधिकांश भाग भग्नावशेषमा परिणत भएको छ। इजरायल र गाजामा हालसम्म ३० हजारभन्दा बढीको मृत्यु भइसकेको छ।

Logo