गर्मीको प्रभावः समाचार पढ्दा पढ्दै पत्रकार नै बेहोस भएपछि

गर्मीको प्रभावः समाचार पढ्दा पढ्दै पत्रकार नै बेहोस भएपछि

केन्द्रबिन्दु
56
Shares

भारतः चर्को गर्मीका कारण एक टिभी एन्कर प्रत्यक्ष प्रसारणको क्रममा बेहोस भएकी छिन् । यो घटना भारतको हो । भारतमा अहिले तातो हावाको लहर र धेरै क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसदेखि ४६ डिग्री सेल्सियस तापक्रम पुगिसकेको छ। सोही कारण समाचार पढ्दै गर्दा उक्त एन्कर बेहोस भएकी हुन् । तर बेहोसीमा पनि उनी समाचार नै पढी रहेको सुन्न सकिन्छ।

‘टेलिप्रम्प्टर धमिलो भयो र म बेहोस भएँ, म मेरो कुर्सीमा लडेँ,’ लोपामुद्रा सिन्हाले आफ्नो फेसबुक पेजमा साझा गरेको भिडियोमा भनेकी छिन् । लोपामुद्रा सिन्हाले भनिन्, ‘अत्यधिक गर्मी र रक्तचापमा अचानक गिरावट आएपछि म बेहोस भएँ।’ उनका अनुसार कूलिङ सिस्टममा केही गडबडीका कारण स्टुडियो भित्र अत्यधिक गर्मी भएको उनको भनाइ छ।

Logo