मोदी लगातार तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिदैँ

मोदी लगातार तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिदैँ

केन्द्रबिन्दु
406
Shares

काठमाडौं। भारतमा प्रधानमन्त्रीको सपथग्रहण जुन ८ मा हुने भएको छ। हालै सम्पन्न लोकसभाको निर्वाचनबाट प्रधानमन्त्री नरेन्द्र मोदीआवद्ध एनडीए गठबन्धनले २९२ सिट ल्याएको छ।५४३ लोकसभा सदस्यका लागि बहुमतका लागि २७३ सिट आवश्यक पर्छ। उक्त बहुमतको आँकडा एनडीए गठबन्धनले पार गरेसँगै नरेन्द्र मोदीलेलगातार तेस्रो पटक प्रधानमन्त्रीको सपथ लिने सम्भावना बढेको हो।

तेस्रो पटक प्रधानमन्त्रीको सपथ लिने बित्तिकै नरेन्द्र मोदीको नाममा नयाँ कीर्तिमान थपिनेछ। यसअघि यो कीर्तिमान जवाहरलाल नेहरूका नाममा थियो। मोदीले उक्त कीर्तिमान बराबरी गर्नेछन्।

एनडीएको बैठक आज दिउँसो ४ बजे दिल्लीमा बोलाइएको छ। जसमा जेडियु प्रमुख नितिश कुमार, टीडीपी प्रमुख एन चन्द्रबाबु नायडू र अन्य नेताहरू सहभागी हुनेछन्। भाजपा संसदीय बोर्ड बैठक एनडीए सहयोगीहरुसंग वार्तापछि बस्नेछ। यसमा सरकार गठन र सपथ ग्रहणको रूपरेखाबारे छलफल हुनेछ।

जेडीयू प्रमुख नितिशकुमार बुधबार बिहान दिल्ली पुगेका छन्। चन्द्रबाबु नायडूपनि दिल्ली पुग्ने सम्भावना रहेको छ।

उता, कांग्रेस आइलगायतको इन्डिया गठबन्धनले पनि आन्तरिक रणनीतिहरु बनाइरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

Logo