साउदीमा गर्मीका कारण हज यात्राका क्रममा ६ सय बढीको मृत्यु

साउदीमा गर्मीका कारण हज यात्राका क्रममा ६ सय बढीको मृत्यु

केन्द्रबिन्दु
14
Shares

काठमाडौं । अत्यधिक गर्मीका बीच साउदी अरेबियामा हज यात्राका क्रममा मृत्यु हुनेको संख्या ६ सय नाघेको छ ।

बुधबार साँझसम्म ६ सय ४५ जनाको मृत्यु भइसकेको सञ्चारमाध्यमहरुले जनाएका छन् । मौसम परिवर्तनका कारण हज यात्राका लागि गएका अधिकांश वृद्धवृद्धा र दीर्घरोगीहरुको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा भारत, इजिप्ट, जोर्डन, इन्डोनेसिया, इरान, सेनेगल, ट्युनिसियालगायत देशका नागरिकहरु छन् ।

भारतका मात्रै ६८ जना नागरिकको मृत्यु भएको त्यहाँस्थित कुटनीतिक नियोगलाई उदृत गर्दै भारतीय सञ्चार माध्यमहरुले लेखेका छन् । हज यात्राका क्रममा वर्षेनि यत्तिका संख्यामा हजयात्रीहरुको मृत्यु गरेको छ । तर यो वर्ष अझै समय बाँकी रहेकाले विगतभन्दा धेरैले ज्यान गुमाउनुपर्ने स्थिति बनेको अधिकारीहरुले बताएका छन् ।

‘यो हरेक वर्ष हुन्छ । यो पनि निरन्तरता नै हो । तर अब केही दिनमा यो अझै बढेर जाँदैछ भन्ने कुरा चाँहि हाम्रो लागि जोखिमपूर्ण हो,’ एक अधिकारीले भनेका छन् ।

Logo