बोलिभियामा ‘कू’ प्रयास गर्ने सेना प्रमुख पक्राउ

बोलिभियामा ‘कू’ प्रयास गर्ने सेना प्रमुख पक्राउ

केन्द्रबिन्दु
126
Shares

काठमाडौ‌। दक्षिण अमेरिकी देश बोलिभियामा‘कू’प्रयास असफल भएको छ । बोलिभियाका सैनिकहरूले राजधानी ला पाजस्थित राष्ट्रपति भवनमा आक्रमण गरेका थिए । यसपछि सेनाका शीर्ष जनरल जोसे जुनिगाले केही सेनाका सदस्यहरूसँग सैन्य गाडीमा राष्ट्रपति भवन प्रवेश गर्ने प्रयास गरेका थिए ।

तर, उनलाई ३ घण्टामै पक्राउ गरिएको थियो । यो बोलिभियन टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको थियो । भिडियोका अनुसार बोलिभियाका सुरक्षा बलहरूले सहरको मुख्य चौकलाई घेरेका थिए । त्यसपछि सेनाको गाडी राष्ट्रपति भवनको ढोकामा ठोक्कियो । यसै क्रममा सिपाहीहरूले भित्र पस्ने प्रयास गरे । प्रधानसेनापति जनरल होजेले देशमा लोकतन्त्रको पुनर्संरचना गर्न चाहेको बताएका थिए । 

आक्रमणको केही समयपछि सेना पछि हट्यो र जनरल होजेलाई गिरफ्तार गरियो। असफल विद्रोहपछि राष्ट्रपतिले लोकतन्त्र जोगाउन देशका जनता एकजुट हुनुपर्ने बताए । उनले यो बोलिभियन जनता र लोकतन्त्रको जित भएको बताए ।

बोलिभियाका स्थानीय सञ्चारमाध्यमका अनुसार जनरल जोसलाई यसै हप्ता उनको पदबाट हटाइएको थियो । उनले पूर्वराष्ट्रपति इभो मोरालेसबारे आपत्तिजनक टिप्पणी गरेका थिए, त्यसपछि सरकारले यो निर्णय गरेको हो ।

Logo