चिनियाँ राष्ट्रपति सी कजाकिस्तानको राजकीय भ्रमणमा

चिनियाँ राष्ट्रपति सी कजाकिस्तानको राजकीय भ्रमणमा

केन्द्रबिन्दु
210
Shares

काठमाडौं । चीनका राष्ट्रपति सी जिन्पिङ यतिबेला कजाकिस्तानको राजकीय भ्रमणमा छन् ।

राष्ट्रपति सी मंगलबार संघाई सहयोग संगठन (एससीओ) को राज्य प्रमुखहरूको २४औँ बैठक र कजाकिस्तानको राजकीय भ्रमणका लागि अस्ताना पुगेका हुन् । राष्ट्रपती सीको कजाकिस्तानको यो पाँचौं भ्रमण हो । यस भ्रमणले चीन–काजाकिस्तान सम्बन्धलाई अझ प्रगाढ र स्तरोन्नति गर्ने र दुई देशबीचको बेल्ट एण्ड रोड इनिसिएटिभ अन्तर्गत उच्च गुणस्तरीय सहयोगलाई समृद्ध बनाउने अपेक्षा गरिएको छ ।

सीको आगमनमा कजाकिस्तानको आकाशमा कजाख वायुसेनाका तीनवटा लडाकु विमानहरूद्वारा सुरक्षा प्रबन्ध मिलाइएको थियो ।

तोकायेभले सीलाई विमानस्थलमा भव्य स्वागत गरिएको छ । उनले चीन र कजाकिस्तानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ३२ वर्षयता सम्बन्धले समयको परीक्षा र अन्तर्राष्ट्रिय परिदृश्यको उतारचढावको सामना गर्दै अद्वितीय स्थायी बृहत् रणनीतिक साझेदारीमा विकसित भएको कुरा औंल्याए ।

उनले दुई राष्ट्रबीचको चिरस्थायी मित्रता समयसँगै थप मजबुत हुँदै छिमेकी मुलुकबीच ऐक्यबद्धता, आपसी हित र आपसी सफलताको उदाहरण बसेको पनि बताए । उनले भ्रमणका क्रममा राष्ट्रपति तोकायेभसँग वार्ता गर्ने र नयाँ योजना बनाउन चीन–काजाकिस्तान सम्बन्ध, चौतर्फी सहयोग र साझा सरोकारका अन्य अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दाहरूमा गहिरो विचार आदान प्रदान गर्ने बताएका छन् ।

Skip This
Logo