सिङ्गापुर: १६ प्रजातिका किरालाई मानव खाद्यका रूपमा प्रयोग गर्न स्वीकृति

सिङ्गापुर: १६ प्रजातिका किरालाई मानव खाद्यका रूपमा प्रयोग गर्न स्वीकृति

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । सिङ्गापुरको खाद्य नियामक निकाय (एसएफए) ले करिब १६ प्रजातिका किरालाई मानव खाद्यका रूपमा प्रयोग गर्न स्वीकृति दिएको छ ।

बहुप्रतिक्षित घोषणा सिङ्गापुरमा चीन, थाइल्याण्ड र भियतनाममा पाइने कीराहरूको आपूर्ति र पालनपोषण गर्ने उद्योगकाका लागि राम्रो समाचार रहेको ‘द स्ट्रेट टाइम्स अखबार’ ले उल्लेख गरेको छ । खानाको लागि स्वीकार गरिएका किराहरूमा फट्याङ्ग्रा, सलह, खाने किरा र विभिन्न प्रजातिका रेशमकीराहरूलाई राखिएको छ ।

सिंगापुर फूड एजेन्सी (एसएफए) ले मानव उपभोग वा पशुधनको दानाको लागि कीराहरू आयात गर्न वा पालन गर्न चाहनेहरूले गाइडलाइन भने पालना गर्नुपर्ने छ । संयुक्त राष्ट्रको खाद्य र कृषि संगठनले कीराहरूलाई मासुको विकल्पको रूपमा मान्दछ किनभने तिनीहरूमा प्रोटीन उच्च हुन्छ ।

Logo