इथियोपियामा पहिरोमा पुरिएका २२९ जनाको शव निकालियो, १० जनाको जीवितै उद्धार

इथियोपियामा पहिरोमा पुरिएका २२९ जनाको शव निकालियो, १० जनाको जीवितै उद्धार

केन्द्रबिन्दु
98
Shares

गोफा । इथियोपियाको गोफाको पहाडी क्षेत्रमा पहिरोमा परेर मारिएका २२९ जनाको शव उद्धार टोलिले निकालेको छ । मुसलधारे वर्षापछि आइतबार साँझ र सोमबार बिहान दुईवटा पहिरो खसेका थिए । दक्षिणी इथियोपियामा गएका यी दुई पहिरोमा परेर मृत्यु हुनेहरूमा वयस्क र बालबालिकाहरू पनि छन् ।

जीवितै उद्धार गरिएका १० जनाको अस्पतालमा उपचार भइरहेको बताइएको छ । मृतकको सङ्ख्या अझै बढ्न सक्ने बताइएको छ । सयौँ मानिस घटनास्थलमा जम्मा भई माटोमा पुरिएका मानिसहरूको खोजीमा माटो खनिरहेको फुटेजहरू बाहिर आएका छन् । गोफा दक्षिणी इथियोपिया राज्यको हिस्सा हो । यो राजधानी अदिस अबाबाबाट ३२० किलोमिटर दक्षिण–पश्चिममा पर्छ ।

Logo