फिलिपिन्समा आँधीका कारण २२ जनाको मृत्यु

फिलिपिन्समा आँधीका कारण २२ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

मनिला । फिलिपिन्समा गेइमी ताइफुका कारण आएको बाढी र पहिरोमा परेर २२ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार कम्तीमा तीन जना बेपत्ता छन् भने डुबेर वा पहिरोमा पुरिएर मृतकको सङ्ख्या बढेको बताइएको छ ।

ताइफुको कारण ताइवानमा पनि तीन जनाको मृत्यु भएको र २ सय २० जना घाइते भएका छन् । बिहीबार लगातार दोस्रो दिन पनि ताइवानमा विद्यालय र कार्यालयहरू बन्द भएका छन् । सर्वसाधारणलाई घरभित्रै बस्न र तटीय क्षेत्रबाट टाढा रहन भनिएको छ ।

Logo