ह्यारिसलाई ओबामाको समर्थनः चुनावी अभियानको गति बढ्यो

ह्यारिसलाई ओबामाको समर्थनः चुनावी अभियानको गति बढ्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले डेमोक्र्याट पार्टीकी उमेदवार कमला ह्यारिसलाई राष्ट्रपतीय उमेदवारीका लागि समर्थन गरेका छन् ।

“यसै हप्ताको सुरुमा मिशेल र मैले साथी कमला ह्यारिसलाई फोन गरेका थियौँ । हामीले उहाँलाई भनेका थियौँ, उहाँ संयुक्त राज्य अमेरिकाको एक शानदार राष्ट्रपति बन्नुहुनेछ र उहाँलाई हाम्रो पूर्ण समर्थन रहनेछ,” ओबामाले सामाजिक सञ्जाल एक्समा लेखेका छन् । यसले ह्यारिसको उमेदवारीको सम्भावनालाई थप बल पुगेको छ ।

ह्यारिसले आइतबार नै राष्ट्रपति जो बाइडेनको समर्थन प्राप्त गरिसकेकी छिन् । ओबामाको समर्थनले ह्यारिसको चुनावी अभियानको बढ्दो गतिलाई अझ बढाउनेछ । अन्तिम समयमा उमेदवारी घोषणा गरेदेखि नै समर्थनको आधारहरू बढ्दै गएका छन् ।

Logo